Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मकवानपुरमा सवारी दुर्घटनामा परि एक गम्भिर घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>वैशाख ११ मकवानपुर |</b> हेटौडा उपमहानगरपालीका वडा नं ७ न्युरेनीमा आज विहान ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक गम्भिर घाइते भएका छन् । सिमेन्ट बोकेर हेटौडा आउदै गरेको ना ७ ख ७९५६ नम्वरको ट्रकले विपरित दिशाबाट जाँदै गरेको ना ९ प&nbsp; ८२५७&nbsp; नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल&nbsp; चालक हेटौडा १ लालझाडीका ३१&nbsp; बर्षीय बालकृष्ण दाहाल गम्भिर&nbsp; घाइते भएको प्रहरीले जनाएको छ। चालकले&nbsp; बोकेको&nbsp; कागजातको आधारमा विवेक चौलागाइ गम्भिर घाइते भनिएकोमा आफन्तकाको पहिचानपछि घाइते बालकृष्ण दाहाल&nbsp; रहेको पुष्टी भएको प्रहरीले जनाएको छ। घाइते दाहालको चुरेहील अस्पतालमा उपचार भइरहेको छ।<br></p>