२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा आगलागीबाट घरगोठ जल्दा एकको मृत्यु, लाखौंको क्षति

१२ बैशाख २०७५, बुधबार ०८:१२

प्रेम सुनार/बैशाख–१२ गुल्मी। गत केहि दिन यता गुल्मीका विभिन्न गाउँमा  आगालागीका घटना बढेका छन् । पछिल्लो चरण गएराती धुर्कोट गाउँपालिकाको एक गोठमा आगोलागी हुँदा एक जनाको ज्यान गएको छ भने पशु सहित लाखौंको क्षति भएको छ ।

धुर्कोट गाउँपालिका वडा नम्वर–३ हाडहाडे स्थित सोमरभोमरका ६० वर्षिय कृष्णबहादुर पुनको गोठमा आगो लागी हुँदा जलेर ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले दिएको जानकारी अनुसार हिजो दिनैभर वारी जोतेर साँझ खान खाई गोठमा सुतेका पुनको तल पानी तताउन वालिएको आगो सल्कीँदै गोठको घाँस परालमा सल्कीदै जाँदा राती करिव ११ वजेको समयमा जलेर मृत्यु भएको हो ।

त्यस्तै दुई वटा पाठा पाठी जलेर मरेका छन् । एउटा वाख्रो जलेर घाईते भएको छ । अहिले शव पोष्टमार्टमका लागि ल्याईएको र क्षति अनुमान गरिदै छ ।  धुर्कोट गाउँपालिका वडा नम्वर ३ का वडाध्यक्ष विष्णुबहादुर थापा श्रीसले त्यस परिवारमा विचल्ली परेको बताए ।

एक महिना अघि देखि पुनका दाजु वालसिंह पुन वुटवलमा उपचार गर्न जाँदा अहिले सम्म वेपत्ता भएका छन् ।  अहिले मृत्यु भएका पुन हाल सम्म अविवाहित थिए । मृतककी भाउजु रुपी पनिले श्रीमान वेपत्ता संगै देवरको मृत्यु हुँदा आफुहरु विपद्मा परेको बताईन् ।

त्यस्तै छत्रकोट गाउँपालिकामा दुई परिवारको घर गोठ जलेको छ ।  छत्रकोट गाउँपालिका वडा नम्वर ३ हर्दिनेटा भतेरपाटाका गंगा पन्थी गोठ जलेर दुई वटा वाख्रा मर्नुका साथै लाँखौंको क्षति भएको हर्दिनेटाका हेमन्त सुनारले बताए ।

सोही गाउँपालिका हर्दिनेटा कुँडाराका गोपाल दर्जीको घर गोठ जल्दा उनि छिमेकीको गोठमा आश्रय लिने भएका छन् ।  विपन्न परियारको खाने खर्च समेत नभएर मानो उठाउनु पर्ने अवस्था रहेको बताईएको छ । घर गोठ , जिन्सी सहित करिव ५ लाख वरावरको क्षति भएको स्थानि पार्वता पन्थीले बताईन् । त्यो परिवारको उद्धारका लागि उनले सवै संग सहयोगको अपिल गरेकी छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…