२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका जंगलमा आगलागी

२०७५, १३ बैशाख बिहीबार ०७:२८

वैशाख १३ डडेल्धुरा | बढ्दै गएको गर्मीसँगै डडेल्धुराका जंगलमा आगलागी हुन थालेको छ । सुख्खायामको शुरुवात भएसँगै डडेल्धुरामा रहेका सामुदायिक तथा राष्ट्रिय वनमा केही दिन यतादेखि आगलागी हुन थालेको छ । 

जिल्लाको भित्री मधेश र पहाडी क्षेत्रका वनमा आगलागी हुन थालेसँगै आकाश तुवाँलोले ढाक्न थालेको छ । 

जिल्ला वन कार्यालय डडेल्धुराले आगलागी नियन्त्रणका लागि विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम गरेको भए पनि सामुदायिक वनका उपभोक्ताले सहयोग नगर्दा वनमा हुने आगलागी नियन्त्रण हुन नसकेको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ । 

विगतका वर्षभन्दा आगलागीमा केही कमी आएको भए पनि नियन्त्रण भने हुन सकेको छैन । सल्लाको पिरोलका कारण वनमा घाँस नपलाउने र गाई गोरु चिप्लिएर लड्छन् भन्ने सोचका कारण स्थानीय उपभोक्ताले नै वनमा आगो लगाउने गरेका छन् । 

आगलागीका कारण वर्षेनी हजारौँ क्यूफिट काठ जलेर नष्ट हुने गरेको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ । खोटो संकलन गर्ने कम्पनीहरुले पनि आगलागीलाई नियन्त्रण नगर्ने गरेको जनगुनासो आउने गरेको छ । जिल्लाका कालापथ्थर सामुदायिक वन, त्रिशूल सामुदायिक वनका साथै रुवाखोला र अन्य क्षेत्रमा समेत आगोका कारण वन सखाप भएको उपभोक्ताले जनाएका छन् । 

जिल्ला वन कार्यालय डडेल्धुराले जनचेतना जगाउने काम गरिरहेको भए पनि सामुदायिक वन र खोटो संकलन गर्ने कम्पनीले भने वन विकासका लागि कुनै रकम खर्च नगर्ने गरेको पाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण