2026-09-08 05:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

निर्माण भएको भवन विद्यालयलाई हस्तान्तरण नहुदा पढाईमा समस्या

नन्द बहादुर रोकाया/वैशाख १३ मुगु | छाँयानाथ रारा नगरपालिका १४ वडामा रहेको श्री हिमदोय नि.मा.वि. लाई एक गैर सरकारी संस्थाले निर्माण गरिदिएको भवन छ बर्ष सम्म पनी हस्तान्तरण नगरिदिदा विद्यार्थीको पढाईमा समस्या भएको छ ।

गुड नेवर इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा असल छिमेकि नेपाल नामक गैर सरकारी संस्थाले श्री हिमदोय नि.मा.विका लागी ०६९ बाट निर्माण गरिएको दुई तले १६ कोठे भवन निर्माण सम्पन्न गरी छ वर्षसम्म भवन हस्तान्तरण नगर्दा बिद्यार्थीहरुको पढाईमा समस्या पुगेको हो।

कुल १ करोड ८४ लाखमा निमार्ण कार्य सम्पन्न भई सक्दा पनि निमार्ण कार्य जिम्मा लिएका यि दुबै गैर सरकारी संस्था बिच आपसि विवादका कारण दुई संस्थाले सम्झौता तोडिएकै कारणले भवन अलपत्र परेको स्थानिय बासिको भनाई रहेको छ । 

भवन निर्माण सम्पन्न भइसकेको थियो संस्थाले विद्यालय लाई हस्तान्तरण नगरेपछी बेबारिसे भयो ०७२ वैशाख १२ गतेको हावाहुरीले भवनको पुरै टिनको छाना उडाएर लग्यो  छाना उडाएपछी अहिले भवन जिर्ण बन्दै गएको छ । कुनै निकाय संग सहयोग मागेर छाना हालेर प्रयोगमा ल्याउन प्रयास गरेका भएपनि हस्तान्तरण नगरेको भवन फेरी कानुनी समस्या हुने डरले अरु निकायले पनि सहयोग दिन नमानेकाले विद्यार्थीहरुको पढाईमा बाधा पुगेको हिमदोय विद्यालयका प्रअ हंस बहादुर बढुवालले बताउनुभयो । 

“२ सय ७० जना विद्यार्थीलाई चार कोठामा बहु कक्षा सञ्चालन गरी पठनपाठन गराउदै आएका छौ । भवन दिन प्रति दिन जिर्ण बन्दै जान थालेपछी  नयाँ टिन हालेर  भवन प्रयोगमा ल्याउन प्रयास बिद्यालयले गरेका भएपनीसहयोगि दाताहरु अर्कैले निर्माण गरेका भवनमा लगानी गर्दा बिभिन्न समस्या आउने भन्दै सहयोग गर्न नमान्ने गरेको उहाँको भनाई छ ।”

कक्षा कोठा अभावका कारण सबै कक्षाका बिद्यार्थी चकर्लो घाम र चिसोमा समेत खुल्ला चौरमा पढ्न बाध्य भएको र पुरानो भवनका चार कोठा मात्र छन सबै बिद्यार्थीलाई नपुग्ने भएकाले पानी पर्दा पढाई छोडेर घर आउनु पर्छ कक्षा ६ मा अध्यनरत बिद्यार्थी दिपक बुढा गुनासो पोखे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ