2026-11-02 01:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

एकसय रुपैयाँमा पढ्न सकिने स्कूल भोजपुरमा पनि

वैशाख १४ भोजपुर | कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले भोजपुरको सदरमुकाम नजिक पोखरेमा समता स्कूल सञ्चालनमा ल्याइने भएको छ । 

समता फाउण्डेसनमार्फत देशका ७५ जिल्लामा स्कूल स्थापना गर्ने उद्देश्यअनुरुप भोजपुरमा एक हप्ताभित्र पढाइ शुरु हुनेगरी समता स्कूल सञ्चालनमा ल्याइन लागेको समता फाउण्डेशनका संस्थापक उत्तम सञ्जेलले बताउनुभयो । 

विद्यालयले नर्सरी, यूकेजी, एलकेजी र कक्षा १ सम्म भर्ना लिनेछ । यसअघि आवश्यक प्रक्रिया पूरा नभएको भन्दै भोजपुर नगरपालिकाले विद्यालय सञ्चालनमा रोक लगाएको थियो । पछिल्लो समय सञ्चालनको अनुमति पाएपछि व्यवस्थापनका लागि संस्थापक उत्तम सञ्जेल र विद्यालयका संरक्षक हास्यकलाकार हरिवंश आचार्य बिहीबार भोजपुर आइपुग्नुभएको हो । 

यस विद्यालयले मासिक रु १०० मा नै अंग्रेजी माध्यमबाट अध्यापन गराउँदै आएको छ । यहाँ स्थापना हुने स्कूल देशको ७५ औँ स्थानमा परेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द