2026-08-31 06:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

ओडारबाट घर सरे ८० वर्षे रुपसिंह चेपाङ

नारायण ढुङ्गाना/वैशाख १४ चितवन | नयाँ पिँडीमा दुईवटा काठको फलेकमाथि बोरा ओछ्याएर आगन्तुकलाई नमस्कार गर्दै थिए ८० वर्ष नाघेका रुपसिंह चेपाङ (प्रजा) । बिहीबार बिहानसम्म उनी ओडारमै थिए । 

दाताको सहयोगमा नयाँ घर बनेपछि बिहीबारमात्रै स्थानीयवासीले उनलाई सारेर नयाँ घरमा भित्र्याए । पिँडीमा हँसिलो मुद्रामा देखिएका रुपसिंहका सबै दाँत किराले खाएर कालै देखिन्थ्यो । आगन्तुकसँगै मजैले गफिँदै पनि थिए । 

“घर त बनायो, के खाएर बाँच्ने, खानेकुरो दिनुपर्यो, पैसा दिनुपर्यो, घर त टोक्न सक्तैन हजुर” राप्ती नगरपालिकाका प्रमुख प्रभा बराल, केही वडाध्यक्ष, पत्रकारका अगाडि उहाँले भन्नुभयो । ओडारमा बस्दा जंगली कन्दमुल खाने र छोरी ज्वार्इंले दिएको अनाज खाएर बस्थे रुपसिंह । 

माटोको गाह्रो र जस्ताको छाना भएको घर बनेको छ । घर उद्घाटनका लागि बिहीबार ध्वजा पताकासहित बेलुन फुलाएर रंगिन पारिएको थियो । अतिथिहरुका लागिसमेत गाउँमा भोज थियो । 

चितवनको विकट क्षेत्र राप्ती नगरपालिका–११ मा पर्ने साविक लोथर गाविसको युर्ती भन्ने स्थानमा पाखो बारीको कान्लोमा घर छ । माथि सडकबाट ढुंगो गुल्टियो भने सिधै घरको धुरीमा पुग्छ । पहिरो गयो भने घर नै पुरिने अवस्थाको छ । यसअघि पनि ओढारमा बस्दा पहिरोले पुरेकाले सानो प्वालबाट निस्किएको अनुभव स्थानीयवासी सुनाउँदै थिए । 

दशकौँदेखि ओडारमा बस्दै आएका रुपसिंहलाई यसपटक बेल्जियममा बस्ने चितवनका कृष्णप्रसाद रेग्मीलगायतले संकलन गरेर पठाएको करीब रु पाँच लाख लागतमा नयाँ घर बनाइएको थियो । 

बिहानसम्म ओडारमा बस्दै आउनुभएका उहाँ दिउँसोदेखि त्यही नयाँ घरमा सर्नुभएको छ । उहाँलाई राप्ती नगरपालिकाकी प्रमुख बरालले घर सार्नुभयो । रिबन काटेर बरालले घरको उद्घाटनसमेत गर्नुभयो । 

घर निर्माण गरेकामा प्रशंसा गर्दै नगरप्रमुख बरालले अब गाउँगाउँमा सस्तोमा जग्गा बेच्नबाट रोक्न स्थानीयवासीलाई आग्रहसमेत गर्नुभयो । चेपाङका लागि शिक्षा क्षेत्रमा आवासीय रुपमा स्थानीय सरकारले लगानी गर्नेसमेत उहाँले बताउनुभयो । 

घरमाथि खोरिया फाँडेकाले अब भने पहिरोको जोखिम भएको भन्दै उहाँले यसतर्फ सचेतसमेत गराउनुभयो । घर भए पनि वृद्ध रुपसिंहलाई खाने अन्नको समस्या रहेको स्थानीय रुपेश चेपाङको भनाइ छ । 

“बास त दियो तर खाना छैन, अस्तिदेखि नै त्यही भन्दै हुनुहुन्छ”, रुपेशले दुखेसो पोख्नुभयो । आज घर सरेपछि रुपसिंहको बस्ने ओडारमा बाख्रा र सुँगुर पनि सारिएको छ । 

चेपाङका अगुवा भ्mयापुराम प्रजाले ओडारमा बस्ने चेपाङका लागि घर बनेकामा खुशी व्यक्त गर्नुभयो । यस्तै सहयोग अन्तबाट पनि आउनुपर्नेमा उहाँको भनाइ थियो । 

घर सार्ने कार्यक्रममा स्थानीय चेपाङले गिँठा, भ्याकुर र चिउरीको माला लगाइदिएर अतिथिलाई स्वागत गरेका थिए । सोही क्रममा चेपाङ संरक्षण केन्द्रका केपीकिरण शर्मा र पत्रकार तुलमान गुरुङलाई सम्मान गरिएको थियो । 

जोखिम क्षेत्रका भूकम्पपीडितले पाए जग्गाधनी पूर्जा 

भूकम्पबाट जोखिममा परेको चितवनको विकट बस्ती एसिखाई र तापाङका १३ घरपरिवारले कालिटारको सुरक्षित स्थानमा जग्गाधनी पूर्जा प्राप्त गरेका छन् । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय चितवनले विकट क्षेत्र राप्ती नगरपालिका–१३ कालिटारमा पुगेर जग्गाधनी पूर्जा वितरण गरेको हो । 

सो इकाइका आयोजना प्रमुख पुष्कर पोखरेलले यहाँको जोखिम बस्ती एसिखाईका ११ र तापाङका दुई गरी १३ परिवारलाई घर निर्माणका लागि जग्गाधनी पूर्जा उपलब्ध गराइएको बताउनुभयो । उहाँका अनुसार विभिन्न ऐलानी जग्गामा राहत वितरणमा समस्या परेको भन्दै स्थानीय तहले सूचीकृतका लागि समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । 

जग्गा धनी पूर्जा लिन चेपाङ जोखिम बस्तीबाट झरेर बिहीबार कालिटार आएका थिए । जग्गाधनी पूर्जा लिँदै भीमबहादुर प्रजाले घडेरी पाएपछि अब घर कसरी बनाउने भन्ने चिन्ता भएको बताउनुभयो । 

यसरी पूर्जा पाउनेमा भीमबहादुरसहित सन्तलाल प्रजा, दिलबहादुर प्रजा, भीमलाल प्रजा, रामबहादुर प्रजा, आइतराम प्रजा, मनिलाल प्रजा, लालीमायाँ प्रजा, फूलमायाँ प्रजा, इन्द्रलाल प्रजा, चन्द्रबहादुर प्रजा, विमायाँ प्रजा रहेका छन् । 

राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले उनीहरुलाई पूर्जा वितरण गर्दै समयमै घर निर्माण गर्न आग्रह गर्नुभयो । उनीहरुलाई प्रतिघर १२ दशमलव ८५ धुर जग्गा उपलब्ध गराइएको छ । हरेक घडेरी रु दुई लाखका दरले आयोजनाले खरिद गरेर उपलब्ध गराइएको हो । 

आगामी असारसम्ममा घरको डिपिसी गरेर भूकम्प लाभग्राहीले दोस्रो किस्ता बराबरको रु एक लाख ५० हजार रकम पाउने भएकाले घर निर्माणलाई तीव्र बनाउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय चितवनका शाखा प्रमुख राजेन्द्र कार्कीले आग्रह गर्नुभयो । उहाँले उक्त जग्गा १० वर्षसम्म बेचबिखन गर्न नपाउने बताउनुभयो । 

उहाँका अनुसार जिल्लाका १०३ घर स्थानान्तरण गर्नुपर्नेमा २१ घरले जग्गाको पूर्जा पाएको र ४२ परिवारको प्रक्रियामा रहेको जानकारी दिनुभयो । 

प्राधिकरणका इन्जिनियर सुजन नेपालले करीब रु साँढे चार लाख मूल्यमा नक्साअनुसारको घर तयार हुने भएकाले रु तीन लाखको अनुदानबाहेक अरु पैसा भने स्वयंले नै व्यहोर्नुपर्ने बताउनुभयो । 

राप्ती नगरपालिकाका वडाध्यक्ष सूर्य चेपाङ, अम्बर तामाङ र अर्जुन चेपाङले घर निर्माणका लागि सबैको सहयोगको खाँचो रहेको भन्दै जोखिम क्षेत्रबाट हटाएर एकीकृत बस्ती बनाउनु खुशीको कुरा भएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार