२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिराहा: प्रशासकिय अधिकृत अख्तियारको फन्दामा परेपछि नगरको कामकाज ठप्प

१४ बैशाख २०७५, शुक्रबार १२:२५

राम नारायण पंडित/वैशाख १४ सिराहा। विकास निर्माणको काम सुरु हुने वेलामा प्रशासकिय प्रमुख र लेखापाल अख्तियारको फन्दामा परेपछि कल्याणापुर नगरपालीकाको सम्पूर्ण गतिविधि नै अवरुद्ध भएको नगर प्रमुख सूर्यनाथ मण्डलले बताए ।


कार्यालयको आर्थिक जिम्मेवारीमा रहेका मुख्य व्यक्तिहरु नै नभएपछि जनताको काम गर्न समस्या भएको मण्डलले बताए । छिमेकी नगरपालीका तथा गाउँपालीकाहरुले धमाधम विकास निर्माणका काम गरिरेको छ, नगरप्रमुख मण्डलले भने, ‘हामी भने कर्मचारी नभएकै कारण कुनै विकास निर्माणको काम मात्र हैन कर्मचारीको तलव समेत खुवाउन सकिएको छैन ।’

गत चैत ४ गते लेखापाल जयराम चौधरी २० हजार घुस सहित पक्राउ परेपछि अवरुद्ध भएको आर्थिक गतिविधि अहिलेसम्म सुचारु हुन नसकेको नगरप्रमुख मण्डलले सुनाए । उनले भने, ‘नगर परिषद सकिएपछि सवै वडाहरुले आफ्नो योजना अनुसार उपभोक्ता समिति बनाएर काम सुरु गर्ने वेलामा लेखापाल समातियो र त्यसै मामिलामा प्रशासकिय अधिकृत पनि मुछिएपछि सवै काम ठप्प भएको छ ।’

शिक्षक, कर्मचारीको तलव, सामाजिक सुरक्षा भत्ता समेत वितरण गर्न नसक्दा अव आफैलाई ग्लानी हुन थालेको नगरप्रमुख मण्डलले गुनासो गरे । ‘यस्तै अवस्था रहिरहे अव हामी जनप्रतिनिधी कार्यालय आउन पनि समस्या हुन्छ’ प्रमुख मण्डलले भने ।

उनले कर्मचारी अभावका कारण कामकाज गर्न समस्या भएको प्रदेश प्रमुख मो. लालबाबु राउत समक्ष पनि मौखिक जानकारी गराएको सुनाए । उनले भने, ‘हामीले प्रदेश प्रमुखलाई भनिसकेका छौं, अव संघिय सरकारलाई पनि जानकारी गराएर कर्मचारी पठाउन अनुरोध गछौं, चाँडै कर्मचारी नपठाए कार्यालय नजाने मनस्थितिमा पुगीसकेका छौं ।’

नगरकै वडा नम्वर ६ का वडा अध्यक्ष मो. मोतिवुल रायनले वडामा हामीले नगरपरिषदले पास गरेको योजनाको उपभोक्ता समितिहरु गठन गरेपनि काम कसरी गर्ने भन्ने अन्यौल छाएको बताए । उनले भने, ‘प्रशासकिय प्रमुख बासुदेव कुमार यादव दुई दिन अघि आएर अख्तियारको तारेख छ, म काठमाडौं नै वस्नु पर्ने भएकाले कार्यालयमा आउन नसक्ने भनेपछि झन अन्यौल छाएको छ ।’

 लेखापाल चौधरीलाई पक्राउ परेपछि  सोही मुद्दामा प्रशासकिय अधिकृत बासुदेव कुमार पनि अख्तियारमा तानिएको जनाएको छ । लेखापाल चौधरीले कार्यालयको सामान मर्मत लगायतका बिल भुक्तानी गरिदिए बापत सोही नगरपालिकाका वडा सचिवसँग २० हजार घुस लिएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान