२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दूध बेच्न दैनिक छ घण्टा पैदल

१२ चैत्र २०७२, शुक्रबार ०३:४१

सन्तोष गौतम
मल्लाज(पर्वत) १२ चैत । उत्तरी पर्वतको लेकफाँटका कृषकहरु दैनिक छ घण्टा पैदल हिडेर म्याग्दीको सदरमुकाम बेनीमा दूध बेच्न आउने गरेका छन् ।   गाउँमा सडक पुगेको बर्षौ भएपनि यातायातका साधन नचल्दा लेकफाँटका कृषकहरु पिठ्युमा बोकेर ढूध ढुवानी गर्न बाध्य भएका हुन् । गाउँमा यातायात र दूध संकलन गर्ने व्यवस्था नहुँदा दूधको भारी बोकेर बेनी आउने गरेको लेकफाँट २ गडेखोलाका कृषक बाबुराम रेग्मीले बताउनुभयो ।  दश वर्षदेखि लेकफाँटदेखि बेनीमा दूध ल्याएर बिक्री गर्दै आएका ४६ वर्षिय रेग्मीले बेनी आउन तिन घण्टा ओरालो र बेनीबाट घर फर्कन थप तिन घण्टा उकालो हिड्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

Milk farmer (2)

पर्वतको धाईरीङ मिलनचोक हुदै लेकफाँट जोड्ने सडक घुमाउरो, कच्चि, प्राबिधिक हिसावले कमजोर हुँदा न्युन मात्रामा सार्वजनीक यातायातका साधन चल्छ । गाडी रिजर्भ गरेर अथवा आफैले गाडी किन्न सक्ने अवस्था नहुँदा कृषकहरुलाई दूध ढुवानी गर्न समस्या भएको हो ।    लेकफाँट २ गडेखोलाका बाबुराम रेग्मी, शालीग्राम सुवेदी, नरहरी सुवेदी, मोहदत्त सुवेदी, हरिकला पौडेल र देवीकला सुवेदीले गाउँमा संकलन हुने दूध बेनीमा ढुवानी गर्दै आउनुभएको छ । उनिहरुले आफ्नो घर र छिमेकीले उत्पादन गरेको ढूध संकलन गरेर ग्यालीन र बोत्तलमा राखेर बेनीका डेरी तथा उपभोक्ताको घरमा लगेर बेच्ने गरेका छन्  .

Milk farmer (1)

  लेकफाँटबाट बेनीमा दैनिक एक सय ८० लिटर दूध ल्याउने गरेका छन् । ढुवानीको समस्याले गर्दा दुख पाउने र समय धेरै खर्च हुनुका साथै दूधको उचित मूल्य पनि पाउन नसकेको कृषक शालीग्राम सुवेदीले बताउनुभयो । गाउँमा कृषकले प्रतिलिटर ४० रुपैयाका दरले दूध बेच्ने गरेका छन् । बेनीमा ल्याएर ५० रुपैया प्रतिलिटरका दरले बिक्री हुन्छ ।    बेनीमा दूध बेच्ने अन्य ठाउँका कृषकले प्रतिलिटर ५७ रुपैया सम्म पाउँछन् । ढूधको भारी बोकेर जंगल, भिर र खोल्साको बाटो हिड्दा दुख भएको कृषक सुवेदीको अनुभव छ ।

Milk farmer (3)

  आयआर्जनको अन्य विकल्प नभएकाले उत्पादन गरेको ढूध बिक्री गर्नका लागि भारी बोकेर बेनी आउनुपर्ने बाध्यता रहेको कृषकहरु बताउँछन् । लेकफाँटका ३० घरधुरीले ब्यवसायीक रुपमा भैसीपालन गरेर दूध उत्पादन गर्दै आएका छन् ।  लेकफाँटमा केही वर्षअघि दूध संकलन केन्द्र स्थापना भएपनि केही दिन सञ्चालन भएर बन्द भएको थियो । जिल्ला पशु सेवा कार्यालयले दूध संकलन गर्ने र ढुवानी गर्ने सामानहरु पनि दिएको थियो । दूग्ध संकलन केन्द्र पुन सञ्चालनमा ल्याउन सकेमा धेरै राहत हुने कृषक नरहरी सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य