१५ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘होस्टेल ३’ले अहिलेसम्म कति कमायो ?

२९ फाल्गुन २०८१, बिहीबार १५:११

काठमाडौँ | ‘होस्टेल ३’ले घरेलु बक्स अफिसमा उत्साहजनक ब्यापार गरेको छ । प्रदर्शनको ६ दिनमा फिल्मको देशब्यापी कमाइ २ करोड २० लाख ग्रस रहेको चलचित्र विकास बोर्डको बक्सअफिसमा उल्लेख छ ।

रोचक के छ भने, बुधबार प्रमुख मल्टिप्लेक्सका रात्रीकालिन शो समेत लगभग शतप्रतिशत अकुपेन्सीसहित प्रदर्शन भैरहेका थिए । फागु पर्वको सार्वजनिक बिदाको दिनमा विहीबार पनि कलेक्सन राम्रो हुने देखिएको छ ।

पहिलो साता विहीबारसम्मको कलेक्सन साढे २ करोड हाराहारीमा पुग्ने प्रक्षेपण छ । हलमा हेर्दा अधिकांश युवा दर्शक यो फिल्म हेर्न पुगेका छन् । डेढसय शोसहित शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले सकारात्मक वर्ड अफ माउथको मद्दतमा दोस्रो सप्ताहन्त पनि सुखद कमाइ गर्ने अनुमान गर्न सकिन्छ ।

सशान कँडेल ‘सन्तोष’ निर्देशित फिल्मले कलेज र होस्टेल जीवनको कथा भन्छ । फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, रिहान गिरी, आशिष घिमिरे, हेमा नगरकोटी, पदम तामाङ लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता तिलामा सञ्चालित स्वास्थ्य शिविरबाट सात सयभन्दा बढी लाभान्वित भारतमा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन दुई विधेयक प्रमाणीकरण नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको हो : पर्यटनमन्त्री पाण्डे नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट इँटा भट्टा छेउको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु सोक्लामा चट्टान आरोहण महोत्सव हुने भारतमा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु चिकित्सा शिक्षा आयोगको बैठक : निजी मेडिकल कलेजले निर्वाह भत्ता दिने सुस्ता झोलुङ्गे पुल जोखिममा साहित्यकार राईको ‘जार’ कथामा आधारित चलचित्र सार्वजनिक हुँदै सहकारी संस्थाबाट पीडित व्यक्तिहरूले माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरे प्रमुख प्रतिपक्ष दलद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्तावको सूचना शिक्षकका माग तत्काल सम्बोधन नगरे ठुलो जनआन्दोलन हुने झलनाथ खनालको चेतावनी भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र