2026-09-21 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुनिता र बुचलाई फिर्ता ल्याउने अभियान फेरि भयो स्थगित

वासिङ्टन डीसी । अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)मा महिनौँ देखि अलपत्र परेको अमेरिकी अन्तरिक्ष यात्रीहरू सुनिता विलियम्स र ब्यारी बुच विल्मोरलाई धर्तीमा फिर्ता ल्याउने अभियान फेरि स्थगित गरिएको छ ।

उनीहरूलाई फर्काउन नासा र स्पेसएक्सले संयुक्त रूपमा मिसन चलाइरहेका थिए । यिनीहरूलाई फर्काउन स्पेश एक्सको फाल्कन–९ अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गरिने थियो ।

तर यानमा केही हाइड्रोलिक समस्या आएको छ, जसका कारण बुधबार यसको प्रक्षेपण स्थगित गर्नुपरेको छ । स्यानमा देखिएको समस्या कहिले समाधान हुन्छ भनेर स्पेशएक्सले अहिलेसम्म बताएको छैन । तर नयाँ अन्तरिक्ष यात्रीहरू बोकेर आईएसएसमा जाने यो यानले आउँदा सुनिता विलियम्स र बुच फिर्ता ल्याउँदै थियो । २०२४ का जुन ५ मा यी दुई आठ दिनका लागि भनेर बोइङको स्टारलाइनर अन्तरिक्ष यानको परीक्षण उडानबाट दुवै जना आईएसएस गएका थिए ।

आईएसएसनजिक पुग्दा स्टारलाइनरमा समस्या देखियो, यानको पाँच वटा थ्रस्टर बिग्रिए । सुनिता र बुच मार्च १९ र २० मा फर्कने अपेक्षा गरिएको थियो ।

तर फाल्कनको प्रक्षेपण पछाडि सरेपछि यो मिति पनि परिवर्तन हुन सक्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्ष यात्रीहरूलाई फिर्ता ल्याउने जिम्मेवारी स्पेशएक्समा मालिक एलन मस्कलाई सुम्पेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो