Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पुस्तक बिद्यालयमा थन्किए, बिद्याथी यार्शागुम्बा टिप्न लेकतिर

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>नन्द बहादुर रोकाया | वैशाख १५, मुगु | मुगुको पुर्वि करान भेग तथा मुगुम कामरोङ्ग गाउँपालीकामा रहेका अधिकासं बिद्यालयमा यो बर्ष समयमै पुस्तक पुगेपनी पुस्तक बिद्यालयमा थन्किएका छन । विद्यार्थीहरु पुस्तक लिन नआएर यार्शाटिप्न पाटन तिर जान लागे संगै&nbsp; पुस्तक बिद्यालयमा थन्किएका हुन् ।&nbsp;<br></p><p>शैक्षिक सत्र २०७५ सुरु भएर भर्ना अभियान चलि रहे पर्निे मुगुम कार्मारोङ्ग गाउँपालिका का अधिकाँश विद्यालयमा पुस्तक पुगे पनि बिद्याथी भर्ना गर्न तथा पुस्तक लिन नआउने गरेका विद्यालयका शिक्षकहरुले बताएका छन । विद्यालयले वैशाख १ गते देखि विद्यार्थी भर्ना अभियान सञ्चालनगरि १५ गते देखि पठन पाठन कार्य सुरु गर्नु पर्ने भएपनि विद्यार्थी भर्ना हुन नआएकाले पुस्तक समेत थन्किएर रहेका सरस्वती निमावि पुलुका प्रधानाध्यापक छिरिङ्ग फुन्जोक लामाले बताउनुभयो ।&nbsp;</p><p>हिजो/आज जडिबुटी संकलनगर्ने समय र आलु गोडमेल गर्ने समय भएकाले विद्यार्थी भर्ना हुन&nbsp; नआएकाले अब गाउँ गाउँ मा गएर विद्यार्थी ल्याउने तयारी गरि रहेको लामाले को भनाई छ&nbsp; ।अब विद्यार्थी भर्ना भएपनि जेठको पहिलो साता देखि हिमाली क्षेत्रमायार्सा गुम्बा टिप्न जाने भएकाले विद्यालयमा थोरै विद्यार्थी रहने र बिद्याथी बिद्यालय नआउदाँ बिद्यालय बन्द गर्नुपर्ने विद्यालयले जनाएका छन । अहिले पाटन क्षेत्रमाजाने तयारी स्थानीयले गरिरहेका छन ।</p>