2026-09-08 08:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरमा सिण्डिकेट पक्षधर यातायात व्यवसायीहरु यातायात ब्यवस्था कार्यालयमा

वैशाख १६, मकवानपुर | यातायात व्यवस्था कार्यालय हेटौंडामा सिण्डिकेट पक्षधर यातायात व्यवसायीहरुले घेराउन गरेपनि नागरिकका काममा भने कुनैपनि समस्या भएको छैन । 

आम नागरिकलाई सिण्डिकेट लाद्न पाउनुपर्छ भन्दै यातायात ब्याबस्था कार्यालय हेटौंडामा घेरेर कामै रोक्न खोजेका ब्याबसायीलाई प्रहरीले कार्यालयमा काम बाधा पुर्याउन नदिएपछी नागरिकका काममा कुनै समस्या नभएको हो । सिण्डिकेट लगाउन पाउनुपर्छ भन्दै नारायणी यातायात ब्याबसायी संघ हेटौंडाका पदाधिकारी, अरु यातायात संस्थाका पदाधिकारीहरु सहित कार्यालय घेराउमा गएका थिए । तर नागरिकको काममा कुनैपनि रोकावट नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक दिलीपराज झाले बताउनुभयो । 

यता आफुहरुको केन्द्रीय आन्दोलनका कायृक्रम अनुसार कार्यालय घेराउ कार्यक्रम सफल भएको नारायणी यातायात ब्याबसायी संघ हेटौंडाका निबर्तमान अध्यक्ष बद्रीप्रसाद चौलागाईले बताउनुभयो । सिण्डिकेट धारीको उक्त प्रदर्शनलाई लक्षित गरी धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । यातायात व्यवसायीहरुको चरणबद्ध आन्दोलनका कार्यक्रम अनुसार यातायात व्यवसायीहरुले अब २१ गते आफ्नो-आफ्नो गाडीहरुलाई घर ग्यारेजमा थन्क्याउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग