२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहाको गोलबजारमा छोरी क्लव गठन

१६ बैशाख २०७५, आईतवार १३:०९

राम नारायण पंडित | वैशाख १६, सिरहा | गोलबजार नगरपालिकाका उपप्रमुख रेशम कुमारी थापाले छोरा–छोरी दुवैलाई समान शिक्षा र अवसर दिनुपर्ने वताएको छ । सिरहाको गोलबजार नगरपालिकाको लक्षित वर्ग अन्तर्गत ‘सामाजिक रुपान्तरणको लागि छोरी क्लव गठन तथा किशोरी शिक्षा’ कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख थापाले अझै पनि छोरीहरु विभिन्न नाममा विभेदमा परेको बताए । 

एउटै बावुआमाको सन्तान छोरा र छोरीमा विभेद रहेसम्म समाजको विकास सम्भव नभएको उपप्रमुख थापाले बताए । उनले समाज विकसको लागि छोरा र छोरी दुवैको आ–आफ्नो ठाउँमा उत्तिकै महत्व रहेको जनाए । उनले भने, ‘समाजको समान विकासको लागि छोरा र छोरी दुवैले उक्तिकै महत्व रहँदै आएको छ, त्यसैले समान अवसर पाउनु पर्छ, उनिहरुलाई लिङ्गको नाममा विभेद गरिनु हुँदैन ।’

उनले सन्तान विना समाजको कल्पना पनि गर्न सकिन्न त्यसैले उनीहरुको पनि महत्ब रहेको बताए । ‘किशोरीहरुपनि देश निर्माणका कर्णधार हुन उनीहरुले पनि समान शिक्षा र अवसर पाउनु पर्छ,’ उप्रमुख थापाले भनिन्, ‘किशोरी शिक्षा, उनीहरुले पाउने अवसर तथा उनीहरुको समग्र विकासमा नगरपालिकाले पनि सकेको सहयोग हुनेछ ।’

कार्यक्रममा नगरपालीकाका प्रशासकिय अधिकृत गिरिराज ज्ञवालीले समाज हाम्रो हो, यसलाई कस्तो वनाउने भन्ने जिम्मा पनि हाम्रै भएको बताए । कुनै एउटै क्षेत्र, वस्तु, लिङ्गको मात्र विकास वा वृद्धिले समाज विकास नहुने भन्दै त्यसको समग्र विकासको जरुरी हुने अधिकृत ज्ञवालीले बताए ।


समाज रुपान्तरणको लागि छोरी शिक्षित हुनु नितान्त जरुरी रहेको भन्दै उनीहरुलाई यस्ता खालका तालिम गोष्ठिहरुले पनि ठूलो सहयोग पुग्ने जनाए । 

गोलबजार नगरपालिका वडा नं. ४ का अध्यक्ष राजदेव यादवले विद्यालय, सडक, पुल, ढल बनाएर मात्र समग्र समाजको विकास नहुने बताए । समाज रुपमन्तरणको लागि हरेक तह तप्काकाको समान विकासको आवश्यकता रहेको उनले बताए । उनले हाम्रो समाजमा छोरीलाई अझैपनि चुलो चौका र घरभित्रै सिमित गराउने परिपाटी अन्त्य हुन नसकेको बताउँदै छोरीलाई शिक्षित र सक्षम बनाउनु जरुरी रहेको बताए । 

नगरपालिकाका बडा नम्बर ४ का किशोरीहरुको उल्लेखनिय सहभागीता रहेको कार्यक्रमको अध्यक्षता रिता दहालेले गरेका थिए भने कार्यक्रम संचालन अधिवक्ता ओमकुमारी साहले गरेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान