2026-09-19 04:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाबाट काठमाण्डौ आउदै गरेको बस दुर्घटना, २ को मृत्यु, १० घाइते

वैशाख १७ इटहरी | झापाको भद्रपुरबाट काठमाडौँतिर आउँदै गरेको बा४ख ६९१९ नंको माइक्रो बस आज बिहान मोरङ जिल्लाको सुन्दरहरैचा–७ ठडिया चोकमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु १० यात्रु घाइते भएका छन् । 

तीव्र गतिमा रहेको माइक्रोबस अनियन्त्रित भई ठडियाचोक नजिक रहेको सडक किनारको रुखमा ठक्कर लाग्दा सोही माइक्रो बसमा यात्रारत झापा भद्रपुर–१५ की ५१ वर्षीया उमा निरौला र सोही ठाउँकी ५२ वर्षीया श्याम कार्कीको उपचारका लागि विराटनगरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु प्रहरीले बताएको छ । 

दुर्घटनामा परी घाइते भएका माइक्रो चालक झापा दमक–५ का धीरज न्यौपाने र सहचालक धनुषाका दीपक पाण्डे, यात्रीहरु दमक–९ की नरमाया तामाङ, भद्रपुरकी सावित्री राई, मञ्जु तामाङ, नारायण वैद्य, प्रकाश कोइराला दमक–८ की विमला मैनाली बिर्तामोड–८ की पुण्यकुमारी विष्ट काठमाडौँ गोठाटारकी पुनम लामालगायतका अन्य घाइतेको विराटनगरको गोल्डेन अस्पतालमा उपचारार्थ पुर्याइएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । 

घाइतेमध्ये केहीलाई, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र इटहरीको सामुदायिक अस्पतालमा उपचारार्थ पु¥याइएको पनि ट्राफिक प्रहरीले बताएको छ । घाइतेको अवस्था सामान्य रहेको जनाइएको छ । 

तीव्र गति र पानी परिरहेको समयमा भएको दुर्घटनाका घाइतेलाई उद्धार गरी उपचार भइरहेको र केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ । मृतकको शव विराटनगरको गोल्डेन अस्पतालमा रहेको पनि ट्राफिक प्रहरीले जानकारी दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई