२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

अनाथ तीनजना बालकले पाए अभिभावकत्व

२०७५, १७ बैशाख सोमबार ०७:३८

वैशाख १७ डडेल्धुरा | डडेल्धुरा भित्री मधेश क्षेत्रमा रहेका ६२ वटा सामुदायिक विद्यालयमध्ये परशुराम नगरपालिका–१२ जोगबुढामा रहेको सिद्धनाथ माध्यमिक विद्यालयले तीनजना अनाथ बालकलाई भर्ना गरेको जनाएको छ । तीनजना अनाथ बालकलाई विद्यालयमा भर्ना गरी अभिभावकत्वसमेत प्रदान गरिएको छ । 

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–८ पिल्लरी घर भएका पाँच वर्षीय अम्मर बोहरा बुबाको मृत्यु भई आमाले छोडेर गएपछि अभिभावकविहीन भएका थिए । अमरलाई स्थानीय विद्यालयमा भर्ना गरी राष्ट्रियसभा सदस्य चक्रप्रसाद स्नेहीले अभिभावकत्व प्रदान गरेको जनाउनुभएको छ । 

सबै बालबालिकाले विद्यालयमा पढ्न पाउने बाल अधिकारको सुरक्षाका लागि आफूले अमरको जिम्मा लिई उच्च शिक्षासम्मको जिम्मा लिएको राष्ट्रियसभा सदस्य चक्रप्रसाद स्नेहीले जानकारी गराउनुभयो । 

सोही विद्यालयमा भर्ना गरिएका अर्का असहाय छ वर्षीय वीरबहादुर बोहरालाई जोगबुढा स्रोत केन्द्रका स्रोत व्यक्ति भोजराज ऐरले पठनपाठनको जिम्मा लिनुभएको हो भने अर्का छ वर्षीय असहाय बालक सन्तोष बोहराको सोही विद्यालयका शिक्षक मानबहादुर बोहराले अभिभावकत्व दिएको जोगबुढा स्रोत केन्द्रका स्रोतव्यक्ति भोजराज ऐरले जानकारी गराउनुभयो । 

वैशाख २ गतेदेखि शुरु गरिएको भर्ना अभियानअन्तर्गत नगरका बस्तीमा गई अनाथ, टुहुरा, असहाय, आपाङ्गता भएका विद्यार्थीको खोजी गरी विद्यालयमा भर्ना गरिएको छ । विद्यालय बाहिर रहेका अनाथ बालबालिकालाई समेत भर्ना गरिएको जिल्ला शिक्षा अधिकारी वसन्तकुमार खत्रीले जानकारी गराउनुभयो । 

उनीहरुको कक्षा १२ सम्म अध्ययन गर्ने सहज वातावरणका लागि अभिभावकसमेत खोजी अभिभावकत्व प्रदानसमेत गरेको त्रिवेणी बहुमुखी क्याम्पसका विद्यालय व्यवस्थापन समिति अध्यक्ष दलबहादुर साउदले बताउनुभयो । 

उहाँहरुले ती बालकको उच्च शिक्षा अध्ययनसम्म अभिभावकको भूमिका निर्वाह गर्नुहुने जनाएका छन् । आफ्नै उमेरका अन्य बालबालिकासँग विद्यालयमा भर्ना हुन पाउँदा अनाथ तीनजना बालक खुशी भएका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण