Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

३३ केजी सुन प्रकरणमा मुछिएका प्रहरी प्रमुख खनालको ठाउँमा श्रेष्ठलाई पठाइयो

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जिवराज बख्रेल/वैशाख १७ मकवानपुर | पछिल्लो समय चर्चित साढे ३३ केजी सुन काण्डमा मुछिएका मकवानपुरका प्रहरी प्रमुख विकासराज खनालको ठाउँमा लोकेन्द्र श्रेष्ठलाई पठाइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीका अन्य ७ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ ।

उनीहरुको काज सरुवा भएको हो । अख्तियार दुरूपयोग अनुसन्धान आयोग, कञ्चनपुर दबरबन्दी भइ हाल टंगालमा कार्यरत दानबहादुर कार्की प्रहरी महानिरीक्षकको सर्वेन्द्र खनालको सचिवालयमा तानिएका छन् । त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत् राजन अधिकारीलाई सुनसरी सरुवा गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का जीवन श्रेष्ठ जिल्ला प्रहरी कार्यालय, सिरहामा सरुवा भएका छन् ।त्यस्तै, डम्बरबहादुर विक महानगरीय ट्राफिक प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय, धादिङ र जिल्ला प्रहरी कार्यालय, सिरहाका शेखर कोइराला ट्राफिक निर्देशनालयमा पुगेका छन्  ।  त्यस्तै, धादिङका ध्रुवराज राउत अनुसन्धान विभागमा पुगेका छन् ।