२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

१० लाख बराबरको भारुसहित सिराहाबाट २ जना पक्राउ

१९ बैशाख २०७५, बुधबार ०५:४४

वैशाख १९, काठमाडौं । सिरहाको लहान नगरपालिकास्थित तरकारी बजारबाट अवैध भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहारको फारबिसगन्ज अररियाका ५० वर्षीय पल्लु राय र नेपाली नागरिक मनिष कुमार यादव रहेका छन् ।

उनीहरुको साथबाट भारतीय रुपैयाँ १० लाख १० हजार ७ सय र नेपाली रुपैयाँ ४ लाख ६१ हजार ५४० बरामद भएको छ । त्यसमा २ हजारको ४४२ थान र ५ सयका २०४ थान नोट छन् । भारु २ हजार र पाँच सयको नोट नेपालमा प्रतिबन्ध छ ।

मंगलबार साँझ अनुगमनमा निस्किएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि नगदसहित काठमाडौं पठाइएको छ ।

पक्राउ परेकाहरुले आफूहरुसँग तरकारी किनबेचको रकम भएको दावी गरेका छन् । तर स्थानीय प्रशासनले भने उनीहरु हुण्डी वा भारतीय मुद्राको अवैध कारोबारी रहेको हुनसक्ने अनुमान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान