२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिराहामा श्रीमानद्वारा आफ्नै श्रीमतीको हत्या

२०७५, १९ बैशाख बुधबार ०६:२३

वैशाख १९ लहान | श्रीमान्‌को कुटाइबाट गएराति सिरहाको गोलबजार नगरपालिकामा एक महिलाको मृत्यु भएको छ। 

गोलबजार नगरपालिका–७ चोहर्वा निवासी ३५ वर्षीय कृष्ण शर्माको कुटाइबाट उनकी २३ वर्षीया श्रीमती प्रभादेवी शर्माको मृत्यु भएको माइती पक्षले आरोप लगाएका छन्। 

मरणासन्न हुने गरी गएराति कुटपिट गर्दा बेहोस भएकी प्रभालाई उपचारका लागि कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रभादेवीका दाजु रामसागर शर्माले जानकारी दिए।

यसअघि पनि आफ्नो बहिनीलाई पटकपटक कुटपिट गर्ने गरेको रामसागरले बताए। प्रभाको शव परीक्षणका लागि सिरहा जिल्ला अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ। 

मृतकको नाकबाट हल्का रगत आएकाले कुटपिटको आशंका गरिए पनि परीक्षणपछि मात्र केही भन्न सकिने प्रहरीले जनाएको छ। प्रहरीले कुटपिट गरेको आरोपमा मृतकका श्रीमान् कृष्णलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत