२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा धर्ना, यस्तो छ कारण

१९ बैशाख २०७५, बुधबार ०९:२९

वैशाख १९ भक्तपुर | मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई गत ८ गते शनिबार आक्रमण गर्ने आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै आज जिल्ला प्रशासन कार्यालय भक्तपुरमा धर्ना दिँदै घेराउ गरिएको छ । 

युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, अनेरास्ववियु, जनप्रतिनिधि र स्थानीय बासिन्दाले आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै धर्ना दिएका हुन् । 

‘आक्रमणकारीलाई पक्राउ गर, जनतालाई सुरक्षाको प्रत्याभूति दे, कडा सुरक्षा व्यवस्था गर’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर नाराबाजी गर्दै उनीहरु जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसेका हुन् । 

धर्नापछि युवा संघ नेपालका केन्द्रीय अध्यक्ष रमेश पौडेलले प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको कार्यकक्षमा गएर सुरक्षाको माग गर्दै घटना भएको ११ दिनसम्म पनि आक्रमणकारी पक्राउ नपर्नुले अपराधीलाई थप मनोबल पुगेको बताउनुभयो । 

राजनीतिक खोल ओढेर यो वा त्यो को नाममा एमालेका जनप्रतिनिधिमाथि शृंखलाबद्ध रुपमा आक्रमण भइरहेको आरोप लगाउँदै उहाँले भन्नुभयो, “आक्रमण हुने क्रम बढ्दै जान्छ भने युवा संघ हातमा दही जमाएर बस्दैन, देशमा आतंक फैलाउँछु भन्ने सोचेको हो भने त्यस्ता आक्रमणकारीसँग चोकचोकमा प्रतिवाद गर्न युवा संघ तयार छ ।” 

संघका अध्यक्ष पौडेलले सरकारले जनप्रतिनिधि र जनताको सुरक्षा गर्न नसके युवा संघ जनताको सुरक्षाका लागि सडकमा ओर्लने बाध्य हुने बताउँदै “जनप्रतिनिधिलाई आक्रमण गर्ने र जनतालाई आतंकित पार्न कसैले खोज्छ भने, जुनसुकै संगठनका र जो सुकै भए पनि युवा संघ अब चुप लागेर बस्दैन, त्यसको प्रतिवाद गर्छ भन्नुभयो ।” 

कार्यक्रममा अखिल नेपाल महिला संघकी अध्यक्ष एवं चाँगुनारायण नगरपालिकाका उपप्रमुख बिना बास्तोलाले यो घटनापछि जनप्रतिनिधि थप असुरक्षित भएको र एक्लै हिँड्डुल गर्न सक्ने अवस्था नभएको बताउनुभयो । 

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रलाई सडक कालोपत्रको अनुगमनका क्रममा मध्यपुरको प्रमुख जस्तै बनाइदिउँला भनेर धम्की दिएको बताउँदै उहाँले सुरक्षाको माग गर्नुभयो । 

प्रजिअ पोखरेलले घटनाको अनुसन्धान भई आक्रमणकारीको पहिचान भइसके पनि उनीहरु लुकेर बसेका कारण पक्राउ गर्न नसकेको उल्लेख गर्दै आक्रमणकारीलाई पक्राउ गर्न अब धेरै दिन नलाग्ने बताउनुभयो । 

जनप्रतिनिधि र जनताको सुरक्षाको व्यवस्था गर्न स्थानीय प्रशासन क्रियाशील रहेको बताउनुभयो । आक्रमणबाट घाइते प्रमुख श्रेष्ठको कोरिया–नेपाल मैत्री अस्पताल ठिमीमा उपचार भइरहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य