२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अवैध निजि बिद्यालयलाई कानुनको दायरामा ल्याउने मिर्चैयाका मेयर यादवको चेतावनी

२०७५, १९ बैशाख बुधबार १६:२७

राम नारायण पंडित | वैशाख १९, सिरहा | बिना दर्ताको अबैध रुपमा संचालित निजि बिद्यालयहरुलाई कडा कारवाही  गर्ने मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबले बताएका छन् । मेयर यादबले बिद्यालयका संचालहरुलाई दर्ता बमोजिम मात्र बिद्यार्थी भर्ना गर्न निर्देशन दिएको भएपनि अटेर गरेर माथी कक्षाका बिद्यार्थीहरुलाई पनि भर्ना लिईरहेकोले त्यस्ता बिद्यालयलाई कानुनको दायरामा ल्याउने चेताबनी दिएका हुन् । बुधबार मिर्चैयामा आयोजित राष्ट्रिय सुचना तथा संचार प्रविधि दिवस २०७५ लाई सम्बोधन गर्दै मेयर यादबले निजि बिद्यालय संचालकहरुले पैसा कमाउने लोभमा बिद्यार्थीहरुको भबिष्यमाथी खेलबाड गरिरहेको आरोप लगाए । 

निजि बिद्यालयहरुले पैसा कमाउने लोभमा दर्ता भन्दामाथी कक्षाका बिद्यार्थीलाई भर्ना गरी पठनपाठन गराईरहेको भएपनि मान्यता प्राप्त अर्को सामुदायिक तथा निजि स्कुलमा प्रक्रिया पुर्याई नामांकन गरिरहेको समेत उनले स्पष्ट गरे । मेयर यादबले शैक्षिक शत्रको सुरुमा नै बिद्यालयहरुलाई दर्ता भन्दा माथीका कक्षामा बिद्यार्थी भर्ना नगर्न भनेपनि अटेर गरिरहेकोले अब चाँडै अनुगमन गरी दर्ता भन्दामाथी कक्षामा भर्ना भएका बिद्यार्थीहरुलाई सम्बन्धित बिद्यालयमा पठाउने जिकिर गरे । अनुगमनको क्रममा त्यस्तो पाइएमा अवस्था हेरी थप कक्षा संचालनको अनुमति नदिने तथा दर्ता समेत खारेज गर्न सक्ने समेत मेयर यादबले चेताबनी दिएका हुन् ।

निजि बिद्यालयहरुले शिक्षालाई नै कमाउँ धन्दा बनाई बिभिन्न नाममा बिद्यार्थीसग शुल्क असुली गरिहेकोप्रति नगरपालिकाको ध्यनाकर्षण भएको समेत मेयर यादबले बताए । बिद्यालयहरुलाई स्तर छुट्याउनु पर्ने भन्दै उनले स्तर अनुसारको शुल्क निर्धारण गर्नुपर्ने बताएका हुन् । अहिले बिद्यालयहरुले मनमौजी रुपमा बिद्यार्थीसंग शुल्क असुली गरिहेको समेत उनले बताए । 


फरक प्रसंगमा मेयर यादबले मास्टर डिजाइन अनुसार नगरपालिकाको बिकास निर्माण अगाडी बढ्ने दाबी गरेका हुन् । देश संघियतामा गएपछि राष्ट्रिय स्तरबाट भईरहेको बिभिन्न किसिमको अभ्यासका कारण काम गर्न केहि असजिलो भएको उनले बताए । मेयर यादबले गुरुयोजना बिना काम गर्दा दिर्घकालीन नहुने भएकोले योजना बनाई काम भईरहेको बताए । 

पुर्बपश्चिम राजमार्गमा अधुरो अबस्थामा रहेको नाला निर्माण गर्ने सहमति खानेपानी मिर्चैयासंग भएको समेत उनले स्पष्ट गरे । मेयर यादबले खानेपानीले छिट्टै नाला निर्माणको काम थालनी गर्ने बताए । मिर्चैया नगरपालिकाको प्रत्येक बडाहरुमा द्रुत गतिमा बिकास निर्माणका काम भईरहेको भन्दै उनले कसैलाई हिलोमा हिड्नु नपर्ने दाबी गरे । 

नगरप्रहरी नरहेकोले असजिलो भईरहेको भन्दै उनले छिटैै नगरप्रहरी भर्ना गर्ने समेत बताए । नगरपालिकालाई स्बच्छ तथा सफा राख्नका लागि सबै नगरबासीलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न मेयर यादबले आग्रह गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै एनप्याबस सिरहाका अध्यक्ष प्रदिप कुमार तिवारीले तीन एचको कन्सेप्ट बिद्यार्थीमा ल्याउनु पर्ने बताएका हुन् । उनले बिद्यार्थीमा ढृढ शक्तिको जरुरी रहेकोले तीन एचको फोरमुला अपनाउँदा जुनसुकै काम गर्न सक्ने दाबी गरे । मिर्चैयामा रहेको सगमाथा आबासिय माबिका प्रिन्सिपल समेत रहेका तिबारीले कक्षा १० सम्मका बिद्यार्थीहरुलाई कक्षाकोठामा मोवाइल नलग्न आग्रह गरे । 


कार्यक्रममा कम्प्युटर एसोसिएसन नेपाल (क्यान) का केन्दिय्र सदस्य दिपेन्द्र सिंहले मिर्चैैैया नगरपालिका स्मार्ट सिटिमा परेकोले सुचनाको बिकास हुनु अपरिहार्य देखिएकाले मिर्चैयामा कार्यक्रमको आयोजना गरेको बताए । सुचना तथा प्रबिधिलाई बकालत गर्ने उदेश्यले गठन गरिएको क्यानको ७७ जिल्ला मध्ये ५६ जिल्लामा संगठन रहेको सिंहले स्पष्ट गरे । 

दिबसको अबसरमा मिर्चैयाको कटारी चौकबाट सुरु भएको प्रभातफेरी नगरको बिभिन्न भागको परिक्रमा गर्दै नगरपालिकाको प्रांगणमा गएर समापन भएको थियो । कार्यक्रममा बिभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) सिरहाका अध्यक्ष धनन्जय महतोको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादब, बिशेष अतिथिका रुपमा क्यानका केन्द्रिय सदस्य दिपेन्द्र सिंह, एनप्याबसनका सिरहा अध्यक्ष प्रदिप कुमार तिबारी, टाईम्स स्कुलका प्रिन्सिपल चन्द्रदिप साह, स्वस्तिक पाठशालाका प्रिन्सिपल लक्ष्मण गिरी, बिद्यार्थी, क्यानका पदाधिकारी, स्थानियबासी लगायतका सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस