Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
कन्चनपुर - KNC

ललितपुरको एक पुरुष मानव बेचबिखनमा संलग्न रहेको आरोपमा कन्चनपुरबाट पक्राउ

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख २० भीमदत्तनगर | दुई बालकलाई विभिन्न प्रलोभन देखाएर पश्चिमी नाका भएर भारत लैजाँदै गरेको अवस्थामा प्रहरीले कञ्चनपुरको गड्डाचौकीबाट मानव बेचबिखनमा संलग्नताको आरोपमा ललितपुरको बागमती गाउँपालिका–११ का ४८ वर्षीय शिवप्रसाद गौतमलाई पक्राउ गरेको छ ।

अभियुक्त गौतम विरुद्ध मानव बेचबिखन मुद्दामा कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीले गौतमलाई १३ र १४ वर्षीय दुई बालकलाई मःम बनाउने काम र कम्प्युटर कोर्स सिकाइदिने प्रलोभन देखाएर भारत लैजाने क्रममा गत सोमबार पक्राउ गरेको थियो ।

भीमदत्तनगरको बसपार्कस्थित एक होटलमा एकरात बसेपछि अर्को दिन भारतीय नम्बरको जिपमा दुई बालकलाई भारत लैजाँदै गरेको अवस्थामा सोधपुछ गर्दा उक्त घटनाको रहस्य खुलेको हो । प्रहरीले दुबै बालकलाई आफन्तको जिम्मा लगाएको छ । रासस