२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नेपालमै पहिलो पटक ग्रामिण अर्थोपेडिक कार्यशाला गोष्ठी अछाममा हुने

२०७५, २१ बैशाख शुक्रबार ०६:३१

पूर्णबहादुर खड्का/बैशाख २१ अछाम। नेपालमै पहिलो पटक अछाममा ग्रामिण अर्थोपेडिक कार्यशाला गोष्ठीको आयोजना हुने भएको छ । 

नेपाल अर्थोपेडिक एसोसिएसनको साझेदारी तथा बयालपाटा अस्पतालको आयोजनामा कार्यशाला गोष्ठीको आयोजना हुन लागेको हो । 

बिशेषगरी ग्रामिण क्षेत्रमा अर्थोपेडिक शल्यक्रिया ट्रमालाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने मुख्य उद्देश्यले कार्यशाला गोष्ठीको आयोजना गरिएको बयालपाटा अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डाक्टर मन्दिप पाठकले बताए । 

उहाँका अनुसार यस कार्यशाला गोष्ठीले शल्यक्रिया ट्रमालाई ग्रामिण क्षेत्रको सेवालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गुर्नभएको छ । ग्रामिण क्षेत्रमा अर्थोका बिरामीको संख्या भएकोले यस्ता समस्यालाई ग्रामिण क्षेत्रमै समाधान गर्ने लक्ष्य समेत कार्यशाला गोष्ठीको रहेको उहाँको भनाई छ । 

जसले गर्दा यस क्षेत्रका बिरामीलाई निकै टेवा पुग्ने विश्वास गरिएको छ । 

एकजना अर्थोपेडिक सर्जनको सहायतामा बयालपाटा अस्पतालमा अहिले हरेक महिना ३ सय ५० भन्दा बढी बिरामीले सेवा लिने गरेका अस्पतालको तथ्यांकमा उल्लेख रहेको छ जुन सुदुरपश्चिमका लागी ठुलो संख्या हो । 

कार्यशाला गोष्ठीका लागी अन्राष्टिय, काठमाण्डौ प्रदेश नं. ६ र ७ बाट गरी ३५ जना भन्दा बढी शल्यचिकित्सक सहभागी हुने अपेक्षा गरिएको छ । न्याय हेल्थ नेपाल तथा अन्तराष्टिय साईन फ्रकचर केयरको सहयोग रहेको छ । 

नाफा रहित संस्था पोसिबलको सहयोगमा न्याय हेल्थ नेपालले बयालपाटा र चरिकोट अस्पतालमा निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ भने अमेरिकामा अवस्थित परोपकारी संस्था अन्तराष्टिय साईन फ्रकचर केयरले हार्डजोर्नी सम्बन्धी सेवा प्रदान गर्नुका साथै शल्य चिकित्सकका लागी प्रशिक्षण समेत प्रदान गर्दै आईरहको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी