२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

अज्ञात रोगले थलिनुभएका झापाकी अरुणा श्रेष्ठको अपिल

२०७५, २१ बैशाख शुक्रबार १०:३५

वैशाख २१, झापा | झापा भद्रपुर नगरपालिका–३ भीमनगरकी २७ वर्षीया अरुणा श्रेष्ठ अज्ञात रोगले थलिनुभएको छ । नौ वर्षकै उमेरमा शरीर विस्तारै कमजोर हुँदै गएका कारण अहिले उहाँ पूर्णरुपमा असशक्त बन्नुभएको हो । 

अरुणा अहिले न हिँडडुल गर्न सक्नुहुन्छ न त राम्रोसँग बोल्न नै । ‘‘उपचारका लागि धेरै ठाउँ धाएँ, न रोग पत्ता लाग्यो न त उपचार नै भयो’’, आफ्नो पीडा सुनाउँदै उहाँले भन्नुभयो, “सक्दो उपचार गरियो तर अहिले आर्थिक अभावले घरमै थलिएर बसेकी छु ।” 

अरुजस्तै हिँडडुल गर्ने, हाँसखेल गर्ने इच्छा त थियो भन्दै उहाँले आग्रह गर्नुभयो, “आर्थिक सहयोग पाएर उपचार गर्न सके निको हुन्थेँ होला ।” मर्नु न बाँच्नुको अवस्थामा रहनुभएकी अरुणाले मनकारीसँग सहयोगको याचना समेत गर्नुभयो । 

निर्वाचन ताका भोट माग्नेहरुले आश्वासन दिए पनि त्यसपछि नआएको अरुणाको गुनासो थियो । ‘भोट माग्न आउँदा उपचारमा सहयोग गर्ने आश्वासन पाएकी थिएँ’, उहाँले भन्नुभयो, “भोट माग्न आउने अहिले कता हराए, मैले सहयोग पाइन ।” 

अरुणाको उपचारका लागि ठूलै खर्च गरेको आमा दमन्ता ताम्राकारले बताउनुभयो । “शुरुमा उपचारका लागि मेचीअञ्चल अस्पताल लगियो तर त्यहाँको औषधिले काम नगरेपछि व्यायाम र झारपूmकबाट उहाँको रोग निको बनाउने प्रयास गरियो”, उहाँले भन्नुभयो, “त्यसपछि उपचारका लागि नेपाल हुँदै भारतका विभिन्न अस्पताल लगियो, कसैले रोग पत्ता लगाउन सकेनन् । आर्थिक समस्या भएकाले थप उपचारका लागि अब कहीँ लान सक्ने स्थिति भएन ।” 

केही वर्षअघि वैवाहिक जीवनमा बाँधिनुभएकी अरुणाले श्रीमान्ले समेत साथ छोडेका छन् । उहाँले भन्नुभयो, “बिरामी परेपछि जीवनभरसँगै बाँच्ने कसम खाएका श्रीमान्ले पनि छाडेर अर्कै विवाह गरे ।’’ अरुणा अहिले माइतीको शरणमा हुनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै