२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

ठुलो घरानको बन्धन तोड्दै दलितको घर पसिन् अमृता कुँवर

२२ बैशाख २०७५, शनिबार ०६:१३

प्रेम सुनार | वैशाख २२, गुल्मी | गुल्मीको सदरमुकाम तम्घासकै प्रतिष्ठित घराना हो धागीथुमका कुँवर परिवारको । सार्वजानिक स्थान वाहेक आफुले चाहेर पनि पुरानो पुस्ताको डरले दलित समुदायको घर भित्र  पस्न सकेका थिएनन त्यस कुँवर परिवार ।

तर नेपाली कांग्रेस  गुल्मीले  नै  छुवाछुत विभेद् विरुद्ध कडा अभियान छेडेपछि  समाजको त्यो बन्धन तोड्ने बाटो खुल्यो त्यस कुँवर परिवारकी वुहारी अमृता कुँवरलाई ।

२०३३ साल देखि २०६३ साल सम्म शिक्षण पेशामा रहेकी कुँवर भन्छिन् –‘ त्यतिका वर्ष सम्म तिनै दलित वालवालिकाहरुलाई काँखमा राखेर बढाएकी थिएँ, घर दैलोका क्रममा उनिहरुको दुख–सुख पनि नजिकबाट नियालीकी थिएँ, शिक्षक भएर मात्रै होईन, वाल्यपन देखि नै मेरो मन भित्र कहिल्लै विभेद थिएन्  ।

विवाह पश्चात पनि  मेरो श्रीमान भेषबहादुर कुँवर पनि शिक्षक नै भएकोले उहाँ र   मेरा छोरा छोरी कसैले पनि जातिय विभेद गरेनन  ।  तर सासु ससुरा लगायतको पुरानो पिढिको बन्धन थियो , त्यो बन्धनलाई हामीले खुलेआम तोड्न नसकेकै हो । ’

उनले थपिन–‘जव बैशाख १ गते देखि  नेपाली कांग्रेसले जुन ५० दिने महाअभियान छेड्यो  तव यो ६४ वर्षको उमेरमा सार्वजानिक  रुपमै  त्यो बन्धन तोड्न सकियो र पहिलो पटक म दलित परिवाको घरमा बसेर खाना  खाएँ, उनिहरुको परिवार   संगै रमाएँ ।’


स्थानिय तहको निर्वाचनमा भोट तान्नका लागि धेरै उमेदवार र उनका कार्यकर्ता दलितको घर भित्र पसेर खाना खाए तर  रेसुङ्गा नगरपालिकामा  नेपाली कांग्रेसबाट उप मेयरकी उमेदवार कुँवरले त्यस्तो चुनावी नौटङकी गर्न चाहिनन् ।

जम्मा सात भोटले पराजित कुँवरले दलितको घर भित्र आफुहरु पस्ने मात्र होईन आफुहरुले पनि दलितहरुलाई आफ्नो घर भित्र पसालेर खान–पिन गराउने  सोंच राखेकी छन् ।

उनले आफु मात्र पार्टीको नीति अनुसार  रेसुङ्गा नगरपालिका वडा नम्वर १२ , उर्लेनी गाउँका विपपन्न दलित परिवार अजुन बिकको घरमा पुगिनन साथमा स्वतन्त्र नागरिक छोरा रमेशलाई समेत लगेर संगै विहानीको चिया नास्ता र दिनको खान खुवाईन् ।

उनि संगै सदियौं देखि छुवाछुत विभेद गर्दै आएका त्यहाँका वस्नेत, टण्डन लगायतका समुदायहरुलाई पनि  त्यस दलित परिवारको घरमा बसेर खान खाएका थिए  । त्यस उर्लेनी गाउँका दलितहरु अधिकांस नजिकै रहेको ढुङ्गा खानीमा गिटी कुटेर जिविका चलाउँदै आएका छन् ।

त्यहाँका दलितका छोरा छोरीहरुले उच्च शिक्षाको मुख देख्न अहिले सम्म पाएका छैनन् । गैह्र दलितकी छोरी राजीखुशी लिएर हिडेका त्यहाँका एक जना दलित युवालाई भारतको सिमनामा ति युवतीका परिवारले पक्राउ गर्न  लगाई चेली वेटी  वेचविखनको मुद्धामा अहिले सम्म जेल कोचेका  छन् ।

यद्येपी हिजो घरको झ्यालबाट  खेतालो भन्न आउनेहरु आज घर भित्रै पसेर खान खाई दिदा उनिहरुले  केहि न केहि परिवर्तनको महशुस गरिरहेका थिए । छिमेकी समेत रहेका त्यस वडाका वडाध्यक्ष कुलबहादुर टण्डन पनि  गर्वित हुँदै खान खाई रहेका थिए ।  


खाना खाएको भाँडा पनि आफैले बोकेर वाहिर माझ्न लागेको दृश्यले द्धन्द्धकालका माओवादीहरुको झल्को कांग्रेसजनले दिई रहेका थिए । द्धन्द्धकालमा माओवादीले  त्यसै दलित वस्तीमा राम्रै प्रभाव जमाएको थियो । बस्नेत परिवारमा मेश सञ्चालन गरेर सवै जातजातिलाई एकै साथ खान खुवाउने गरेको थियो ।

शान्ति प्रकृया पछि कांग्रेसले अहिले  ल्याएको यो अभियानलाई राजनैतिक ईस्र्या गर्नेहरु वाहेक समतामुलक समाजका पक्षधरहरुले स्वागत गरिरहेका छन् । कांग्रेसको यो महाअभियान उसै भित्रका लागि पनि चुनौतीपुर्ण रहेको छ ।

विहानै उठ्ने , भगवानको नाम जप्ने र दलितलाई देख्यो कि मुन्टो मर्काउने कार्यकर्ताहरु पहिला कम्युनिष्टहरुलाई साराप्थे भने अहिले कांग्रेस वहुलायो भन्न थालेका छन् । त्यस्ता कैयौं कार्यकर्ताहरुले भरिएको गुल्मी कांग्रेसले यो आँट गरेकै हो ।

पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले यो अभियानको कसैले नीति भन्दा वाहिर गए कार्वाही गरिने चेतावनी दिदै आएका छन् । जिल्ला पार्टीको बैठकको निर्णय सुनाउँदै पार्टी सचिव खिलध्वज पन्थीले छुवाछुत विभेद् गर्ने नेता , कार्यकर्ताको पार्टी सदस्यता नै खारेज हुने चेतवानी दिएका छन् ।

पार्टीका जिम्मेवार नेता , जनप्रतिनीधिहरु यसरी धमाधम दलितको घर भित्र प्रवेश गरे पछि अव ति ति गाउँहरुलाई  छुवाछुत मुक्त गाउँ गाउँ घोषणा गर्ने कि नगर्ने ? त्यहाँका मठ–मन्दिर लगायतका  सार्वाजानिक स्थानमा दलितहरुलाई प्रवेश गराउने कि नगराउने ? दलितहरुले माथी उल्लेखित खेपेका तमाम झुटा मुद्धाहरु सहितका अवस्थाहरुको कसरी अन्त्य गर्न सकिन्छ ?  यो चुनौती पनि कांग्रेसले मोल्नु पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु