२५ कार्तिक २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

२३ बैशाख २०७५, आईतवार ०२:४०

वैशाख २३, चितवन | भरतपुर महानगरपालिका–१४ वीरेन्द्र टोलमा गए राति एउटा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना१४प ८८२ नंको मोटरसाइकल अनियन्त्रित भई राति १२:१५ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२४ शुक्रनगर निवासी ३५ वर्षीय भरत रामदाम र उनका छोरा मोटरसाइकल पछाडि बसेका ११ वर्षीय समीर रामदामको मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भई उपचारका लागि चितवन मेडिकल कलेजमा ल्याएकामा चालक भरतको बिहान ३ बजे सोही मेडिकल कलेजमा र छोरा समीरको बिहान ४ बजे पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक भरतले अत्यधिक मादकपदार्थ सेवन गरी तीव्र गतिमा हाँकेका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रलाई सङ्कटबाट मुक्त गर्न एमालेको भूमिका सशक्तः महासचिव पोखरेल दुर्घटनामा १२ जना घाइते अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर एमालेले विघटित प्रनिनिधिसभाका आफ्ना सांसदसँग छलफल गर्ने दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन: प्रधानमन्त्री कार्की दार्चुलामा भूकम्पको धक्का किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जानेः कांग्रेस नेता यादव प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ कुलमान घिसिङको नेतृत्वमा रहने पार्टीको नाम उज्यालो नेपाल राख्ने सहमति प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन धनगढीस्थित इन्धन डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग कांग्रेस चुनावमा सहभागी हुन्छः कांग्रेस नेता सिंह दक्षिण कोरियामा चिनियाँ माछा मार्ने डुङ्गा डुब्दा दुई जनाको मृत्यु, नौ बेपत्ता आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा चलाउन पाएसँगै यात्रुमा खुसी ‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’