2026-09-19 11:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङका यातायात व्यवसायी संघका पदाधिकारीहरु रिहा

चिसाङ शेर्पा/बैशाख २३, खोटाङ | यातायात व्यवसायी संघ खोटाङका पदाधिकारीहरु रिहाइ भएका छन् । 

पक्राउ परेका खोटाङ यातायात व्यवसायी संघका प्रमुख सल्लाहकार बुद्धिविनोद लुईटेल, अध्यक्ष विष्णुकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष राजकुमार राई र महासचिव रामकुमार हिङमाङ् शनिबार साँझ रिहाई भएका हुन् ।

खोटाङमा सिण्डीकेट नभएको र राज्यको नीतिनियम अनुसार व्यवसाय गर्ने शर्तमा यातायात व्यवसायी संघका पदाधिकारी रिहाई भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले बताउनुभयो । 

पदाधिकारी शनिबार साँझ रिहाई भएपनि यातायातका सवारी साधन उक्त दिन बिहानैबाट सञ्चालनमा आएको थियो । 

सरकारले यातायात व्यवसायी संघहरु एकतर्फी ढंगले खारेजी गरेको बिरोधमा सार्वजनिक यातायातका साधनहरु घर तथा ग्यारेजमा थन्काएर महासंघको पुर्वघोषित कार्यक्रम अनुसार यातायात ठप्प पारेको भन्दै पदाधिकारीहरुलाई स्थानिय प्रशासनले गएको शुक्रबार दिक्तेलको रत्नपार्कदेखी पक्राउ गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ