२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नेपालकै पहिलो ग्रामिण अर्थोपेडिक कार्यशाला केयर गोष्ठी अछाममा सम्पन्न

२३ बैशाख २०७५, आईतवार ०७:५८

पूर्णबहादुर खड्का/बैशाख २३ अछाम। नेपालमै पहिलो पटक अछाममा ग्रामिण अर्थोपेडिक कार्यशाला गोष्ठी शनिबार बयालपाटामा सम्पन्न भएको छ।

नेपाल अर्थोपेडिक एसोसिएसनको साझेदारी तथा बयालपाटा अस्पतालको आयोजनामा कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

ग्रामिण क्षेत्रमा अर्थोपेडिक शल्यक्रिया ट्रमालाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने मुख्य उद्देश्यले कार्यशाला गोष्ठीको आयोजना गरिएको बयालपाटा अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डाक्टर मन्दिप पाठकले बताए । 

कार्यशाला गोष्ठीमा उपस्थित हार्डजोर्नी बिशेषज्ञ डाक्टरले आ आफ्ना प्रस्तुती राखेका थिए ।

गोष्ठीमा साँफेबगर नगरपालिकाका पमुख कुलबहादुर कुवँरले धेरै कठिन परस्थितीका बावजुत अस्पताल सुरुवात गरिएको स्मरण गर्दै अहिले गर्व गर्न लायक भएकोमा प्रशंसा गर्नुभयो । अस्पतालले  स्तरिय सेवा प्रदान गरिरहेकाले बिरामी बाहिर जानुपर्ने अवस्था कम भएकोमा खुशी व्यक्त गर्नुभयो । यस्तै नेपाल अर्थौपेडिक एसोसिएसनका अध्यक्ष डाक्टर बुलन्द थापाले शहरको सेवाले मात्रै प्रयाप्त उपचार नहुने भन्दै गरिबीको रेखामुनी रहेका बिरामीले दुर्गम क्षेत्रमै हार्डजोर्नीको उपचार पाउनु पर्ने बताउनु भयो । यस्तै दुर्गम क्षेत्रका लागि ट्रमा केयरको टिम बनाएर सेवा दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यशालामा ग्राण्डी अन्तराष्टिय अस्पतालका हार्डजोर्नी बिशेषज्ञ डाक्टर भाष्करराज पन्तले न्याय हेल्थ नेपालले बयालपाटा र चरिकोट अस्पतालमा भईरहेका हार्डजोर्नीका सेवाहरुका बारेमा जानकारी गराएका थिए । 

अमेरिका बाट आउनु भएका हार्डजोर्नी बिशेषज्ञ तथा अर्थोपेडिक ओभरसिजका अध्यक्ष डाक्टर कार्ला स्मिथले हार्डजोर्नीको आकस्मिक उपचार कस्तो प्रकारकोलाई प्रदान गर्ने भन्ने बिषयमा प्रस्तुती राख्नुभएको थियो भने बि एण्ड बिका हार्डजोर्नी बिषेशज्ञ डाक्टर अन्सुल राज भण्डारीले बच्चाहरुमा हुने हार्डजोर्नीका समस्या र संक्रमणका बिषयमा प्रशिक्षण दिनुभएको थियो । 

यस्तै सेती अञ्चल अस्पतालका हार्डजोर्नी बिशेषज्ञ डाक्टर सन्तोष पन्तले घुडाँ र ढाडको दुखाई कम गर्न अपनाईने उपचार बिधीका बारेमा प्रस्तुती राखेका थिए ।

गोष्ठीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन प्राध्यापक डाक्टर मोदनाथ मरहठ्ठाले प्रतिष्ठानले संचालन गरिरहेका कार्यक्रम र भावी रणनितीका बारेमो  बारेमा जानकारी गराएका थिए । अर्थोपेडिक कार्याशाला गोष्ठी दोश्रो पटक कणार्लीमा गर्ने समेत उहाँले बताए ।

 एडभान्स टर्मा सर्पोटका सिद्धान्तलाई कसरी प्रयोगमा ल्याउन सकिन्छ र दुर्गम क्षेत्रमा सुलभ तरिका सेवा कसरी प्रदान गर्न सकिन्छ भन्ने बिषयमा बयालपाटा अस्पतालका शिक्षा तथा चिकित्सा प्रमुख डाक्टर बिकाश गौचन प्रस्तुती देखाएका थिए भने हार्डजोर्नी बिशेषज्ञ डाक्टर मन्दिप पाठकले हार्डजोर्नीका बिभिन्न बिषयमा छलफल गराउनुका साथै बयालपाटा र चरिकोटमा भईरहेका सेवाका बारेमा जानकारी गराएका थिए ।  

कार्यशालामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका हार्डजोर्नी विभागका प्रमुख डाक्टर मंगल रावल, हार्डजोर्नी बिशेषज्ञ डाक्टर देउमा लिम्बु, फिजियोथेरापी बिष्णुदत्त आचार्य गरी ४० भन्दा बढीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला