२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिराहामा सवारी दुर्घटना: श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

२४ बैशाख २०७५, सोमबार ०५:३१

वैशाख २४ लहान | पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–८ स्थित कशहा चोकमा गएराति हायस गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा४ख ६६७२ नम्बरको हायस गाडीले साइकललाई ठक्कर दिँदा साइकलमा पछाडि सवार सिरहाको गोलबजार नगरपालिका–१२ बेतौना निवासी ५५ वर्षीया बिल्टी गडौरीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सोही दुर्घटनामा परी गडौरीका श्रीमान् ५९ वर्षीय राम उद्गार गडौरी गम्भीर घाइते भएका छन् । हायसको ठक्करबाट गम्भीर घाइते भएको दम्पतीलाई उपचारको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल ल्याउने क्रममा बिल्टीको बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जनाएको छ । गम्भीर घाइते उहाँको श्रीमान् राम उद्गारको लहानस्थित कामना नर्सिङ होम प्रालिमा उपचार भइरहेको जनाएको छ । 

यता ठक्कर दिने हायस र चालक झापाको बुद्धशान्ति गाउँपालिका–१ निवासी २८ वर्षीय किशोर चापागाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान