२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाको सुकी दह ३ बन्यो देशकै पहिलो हरित वडा

२०७५, २४ बैशाख सोमबार ०८:३६

वैशाख २४, रोल्पा | रोल्पाको सुकी दह गाउँपालिका–३ ले वडाभित्र रहेका सम्पूर्ण घर हरियो रंगले पोतेर देशकै पहिलो हरित वडा घोषणा गरेको छ । 

वडाभित्र रहेका ७०० घरधुरीलाई हरियो रंगले पोतेसँगै हरित वडा घोषणा गरिएको वडाध्यक्ष जलेशकुमार केसीले जानकारी दिनुभयो । “वडालाई पूर्ण सरसफाइ उन्मुख घोषणा गर्नका लागि घरलाई एउटै रंगले पोतेका हौँ”, वडाध्यक्ष केसीले भन्नुभयो, “वडा नै हरियो हुँदा देशमै फरक पहिचान दिन सफल भएका छौँ ।” 

सो वडा देशकै प्रथम हरित वडा भएको सचिव कमलराज वलीले दाबी गर्नुभयो । “वडा कार्यालयको नेतृत्वमा वडावासीको स्वतःस्फूर्त सहभागितामा अभियान थालिएको हो”, वलीले भन्नुभयो । पूर्ण सरसफाइको प्रारम्भिक खुड्किलो पार गरे पनि यसलाई दिगो बनाउन अझै धेरै काम गर्न बाँकी रहेको उहाँले बताउनुभयो । 

वडाका सबै घर हरियो हुँदा वडाको रुप रंग नै फेरिएको छ । हरियो रंगलाई स्वच्छ वातावरणको प्रतीक मानिने भएकाले वडालाई स्वच्छ सफा र हराभरा बनाउन हरियो रंगले घर रंगाइएको जनाएको छ । वडाले गरेको आग्रहअनुसार वडावासी सबैले आफ्नो घर हरियो बनाएको वडा कार्यालयले बताएको छ ।

प्रदेश नं ५ सांसद दीपेन्द्र पुनमगर, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर वुढा, जिल्ला स्तरीय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि र सरोकारवालाको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी देशकै प्रथम हरित वडा तथा जिल्लाको पहिलो पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस