२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा गोली चल्दा एक युवकको मृत्यु

२०७५, २४ बैशाख सोमबार १०:०७

 वैशाख २४ लहान | विवादका क्रममा गोली चल्दा सिरहाको अर्नमा गाउँपालिकामा एक युवकको मृत्यु भएको छ । 

लेनदेनसम्बन्धी विवाद बढेपछि हानेको गोली लागेर उक्त गाउँपालिका–१ निवासी २२ वर्षीय धर्मेन्द्रकुमार सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेन्द्र भेटवालले जानकारी दिनुभयो । 

विवादकै क्रममा स्थानीयवासी सन्तोष सिंह लगायतका व्यक्तिले आइतबार राति करीब १२ बजेतिर चलाएको गोली लागेर गम्भीर घाइते भएका धर्मेन्द्रलाई उपचारका लागि लहानस्थित अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएकाले शवपरीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ । 

उक्त घटनामा संलग्न रहेको आरोपमा सन्तोषलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक भेटवालले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस