पढ्न करिब 1 मिनेट लाग्छ

बैशाख २४ सल्यान। सल्यानको कपुरकोट गाउँपालिका, गाउँकार्यपालिकाको बैठकले ७ वटा कार्यविधि सोमबार पारित गरेको छ ।

गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनको अध्यक्षामा बसेको कार्यपालिकाको १२ औँ बैठकले बजेट तर्जुमा दिग्दर्शन २०७४, बजार अनुगमन निर्देशिका र राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि पारित गरेको प्रमुख प्रशाशकिय अधिकृत सुवास रिजालले जानकारि दिए ।

यस्तै करारमा प्राविधिक कर्मचारि व्यवस्थापन कार्यविधि, मर्मत सम्भार कोष सञ्चालन कार्यविधि, खानेपानी, सरसफाइ तथा फोहोर मैला व्यवस्थापन सम्बन्धी कार्यविधि र शैक्षिक व्यवस्थापन कार्यविधि पारित गरेको रिजालले जानकारि दिए ।