११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँको मास्तीघाट र खहरेका ८४ घरपरिवार टुकीका भरमा

२५ बैशाख २०७५, मंगलवार ०३:४७

वैशाख २५, दमौली, तनहुँ | तनहुँको व्यास नगरपालिका–१४ स्थित मास्तीघाट र बन्दीपुर गाउँपालिका–६ खहरेटारका गरी ८४ घरधुरीका बासिन्दा अहिलेसम्म पनि टुकीको भरमा रात गुजार्न बाध्य भएका छन् । 

राजनीतिक पहुँच नहुँदा त्यहाँका बासिन्दा टुकीको भरमा रात गुजार्न बाध्य भएका हुन् । अहिले पनि मास्तीघाटका ५२ घर परिवारले टुकीका भरमा रात गुजारीरहेको स्थानीय समाजसेवी गुमबहादुर मल्लले बताउनुभयो । 

हुनेखाने केहीले घरमा सोलार जोडे पनि अधिकांश व्यक्ति मैनबत्ती र मट्टितेलकै बत्ती बालेर रात काट्न बाध्य भएको जानकारी उहाँले दिनुभयो । मास्तीघाटकै हेमबहादुर गुरुङले सदरमुकाम दमौली बजारदेखि १६ किमीको दूरीमा रहेको उक्त ठाउँमा बिजुली नपुग्नु दुर्भाग्य भएको बताउनुभयो । 

त्यस्तै, बन्दीपुर गाउँपालिका–६ खहरेका ३२ घरधुरीसमेत अन्धकारमा रात काट्न बाध्य हुँदै आएका बताइएको छ । बिजुली नपुगेका कारण त्यस क्षेत्रका बासिन्दा सूचनाबाट समेत वञ्चित हुँदै आएका छन् । बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले विद्युतीकरण नपुगेका गाउँगाउँमा बजेटमा प्राथमिकता दिई बिजुली पुर्याउने लक्ष्य आफूहरुको रहेको बताउनुभयो । 

मिलीजुली मास्ती टोल विकास संस्थाका अध्यक्ष यामबहादुर थापाले पटकपटक विद्युतीकरणका लागि आवाज उठाए पनि पाउन नसकेको जानकारी दिनुभयो । व्यास नपा–१४ का अध्यक्ष काजीमान श्रेष्ठले मास्तीघाट वरपरको क्षेत्रमा एक वर्षभित्रमा बिजुली पुर्याउने बताउनुभयो । 

नयाँगाउँमा रहेको ट्रान्सफर्मरबाट मास्तीमा बिजुली पुर्याउने लक्ष्य आफ्नो रहेपनि विद्युत् कार्यालयले नै त्यस क्षेत्रमा विद्युत् विस्तार गर्ने जनाएपछि ढिलाइ भएको श्रेष्ठले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा