Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

ताप्लेजुङमा घर निर्माण गर्दा लडेर एकजनाको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख २५, ताप्लेजुङ | ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३, सिकैचामा घर निर्माणका क्रममा लड्दा एकजनाको ज्यान गएको छ ।

आफ्नै घरको गाह्रो लगाउने क्रममा लडेर घाइते भएका स्थानीय टुईजन बोखिम (लिम्बू) को ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।

सोमबार दिउँसो काम गर्दागर्दै लडेर घाइते भएका ४९ वर्षीय बोखिमको उपचारका लागि इलाका स्वास्थ्य कार्यालय, तेल्लोक लैजाने क्रममा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

उनको शव इलाका स्वास्थ्य कार्यालयमा राखिएको र परीक्षण गरी आफन्तलाई जिम्मा लगाउने तयारी भएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।  रासस