Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरका एसपी श्रेष्ठ भन्छन:- ‘अपराध गरेर भाग्न खोजे “इन्काउन्टर” हुन्छ’

२०७५, २५ बैशाख मंगलवार ०७:१६

बैशाख २५ मकवानपुर | जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आजबाट प्रमुखको रुपमा आएका एसपी लोकेन्द्र श्रेष्ठले जघन्य अपराध गर्दागर्दै प्रहरीलाई देखेर भाग्न खोजे या प्रहरीमाथि आक्रमण गर्न खोजे “इन्काउन्टर” गरिने बताएका छन् । 

मकवानपुरका सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा एसपी श्रेष्ठले मकवानपुरलाई अपराधमुक्त बनाउने आफ्नो एकमात्र लक्ष्य रहेको बताए । 

जिल्लामा रहेको सुरक्षा चुनौतिको विषयमा आफु बुझने क्रममा रहेको भन्दै उनले जिल्लामा हुने हरेक किसिमको अपराध न्युनिकरणको लागि प्रहरीले दिनरात नभनी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । अपराध गर्नेहरुलाई कुनै सोर्सफोर्समा नछोडने भन्दै उनले भने “चाहे जस्तोसुकै ठाउँबाट पनि फोन किन नआओस, अपराध गर्नेलाई छोडदिन, नियममा म एक कदम पनि पछाडी हट्दिन् ।” मकवानपुरमा रहेको लागु औषध नियन्त्रणको लागि गाँजा फडानी गर्ने मेसिन समेत मगाएको भन्दै एसपी श्रेष्ठले फरार अभियुक्त समात्ने प्रहरीलाई प्रति फरार अभियुक्त ५ सय पुरस्कारको ब्यवस्था गरेको समेत बताए । 

पत्रकारसँगको अन्तरक्रियामा उनले सुरुमा प्रहरीबाटै सुधारको अभियान सुरु गर्न लागेको जानकारी दिए । प्रहरी कार्यालय परिषरमा धुम्रपान तथा मध्यपान सेवन गर्नेलाई आजैबाट प्रवेश निषेध गर्ने समेत उनको भनाई रहेको छ । आफुले मकवानपुरमा भएको कुरिति, विसंगतिको अन्त्यको लागि दिनरात काम गर्ने समेत उनले बताए । प्रदेशको राजधानी भएको कारण पनि यहा सुरक्षा चुनौतिहरु धेरै हुनसक्ने भन्दै उनले सुरक्षाको विषयमा आफुले रणनीतिको साथ अघि बढने समेत बताए । आफ्नो एकमात्र उदेश्य शान्ति सुरक्षा कायम गर्ने आफ्नो सम्पूर्ण ध्यान सोहि कार्यमा रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ