2026-09-01 09:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा गाडीको ठक्करले एकको मृत्यु

वैशाख २६, रत्ननगर | गाडी ब्याक गर्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिँदा चितवनको मुग्लिनमा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार साँझ ६ः३० बजेको समयमा इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारमा उक्त दुर्घटना भएको हो । 

काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ३ ख २७०७ नम्बरको बसले ब्याक गर्ने क्रममा ठक्कर दिँदा सुर्खेतको भेरीगंगा नगरपालिका–७ का दिलबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका खत्रीको उपचारका लागि काठमाडौँ लगिएकोमा राति नै मृत्यु भएको हो । उनको शवलाई अहिले भरतपुर अस्पतालमा ल्याएर राखिएको छ । 

सो दुर्घटनामा परी सोही ठाउँका ६४ वर्षीय हरिबहादुर घर्ती घाइते भएको र उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसका चालक भने नियन्त्रणमा छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली