२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा हावाहुरीले घर भत्काउँदा एकको मृत्यु, १ घाइते

२०७५, २६ बैशाख बुधबार ०७:४८

वैशाख २६ लहान | हावाहुरीका कारण घर भत्किदा चेपिएर सिरहा मिर्चैया नगरपालिका–१० का एक वृद्धको मृत्यु भएको छ । 

यसैगरी हावाहुरीले घरको पिलर भाँचिएर एक जना घाइते भएका छन् । 

बिहान ५ बजेतिर अचानक चलेको तीव्र गतिको हावाहुरीले घर भत्काउँदा घरभित्र सुतिरहेका मिर्चैया नगरपालिका–१० का ७५ वर्षीया सगुनी महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस्तै, हावाहुरीले घरको पिलर भाँचिएर सुखिपुर नगरपालिका–९ स्थित अशोक गुप्ताको घर बनाउन आएका मिस्त्री सप्तरी कञ्चनरुप नगरपालिका–८ रुपनगरका २६ वर्षीय श्रीप्रसाद सरदार घाइते भएको स्थानीयवासीले बताएका छन् । 

उहाँको स्थानीय क्लिनिकमा उपचार भइरहेको जनाएको छ । हावाहुरीका कारण रूख ढलेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । हावाहुरीले आँप झारेर ठूलो क्षति पुर्याएको छ भने हावाहुरीसँगै भएको वर्षाले तयारी अवस्थामा रहेको काँचो इँट्टा नष्ट भएको छ । 

यस्तै हावाहुरीले जिल्लाका विभिन्न स्थानमा फुस र टिनको छानो भएका घरहरु उडाएका छन् । विद्युत्का थुप्रै पोल ढालिदिएपछि विद्युत् र टेलिफोन सेवासमेत बिहानैदेखि अवरुद्ध भएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत