२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

लमजुङको बेसीशहरमा चोक चोकमा नि:शुल्क रगत परीक्षण

२०७५, २८ बैशाख शुक्रबार ०८:१९

वैशाख २८ बेँसीशहर, लमजुङ | लमजुङको जिल्ला सामुदायिक अस्पतालमा रगत अभाव हुन थालेपछि सम्भावित रक्तदाताको रगत समूहको निःशुल्क परीक्षण गरीएको छ । 

विभिन्न युवाक्लब तथा संस्थासँग सहकार्य गरी बेँसीशहरका चोकचोकमा उत्प्रेरणासहित रक्त समूहको निःशुल्क परीक्षण गरिएको हो । 

रक्त समूह परीक्षण गरिएका सम्भावित रक्तदाताहरुलाई अस्पतालमा आवश्यक परेको बेला सम्पर्क गरी रगतको परिपूर्ति गर्ने अस्पतालका प्रशासन संयोजक हेमन्त श्रेष्ठले बताउनुभयो । 

जिल्ला अस्पतालमा रक्तसञ्चार केन्द्र भए पनि उचित प्रयोग हुन नसकेपछि ताजा रक्तदान गर्ने रक्तदातालाई सम्पर्कमा राख्न यस्तो कार्यक्रम गरिएको हो । 

“अस्पतालमा रक्त संकलन केन्द्र छ”, श्रेष्ठले भन्नुभयो, “तर हामीले ताजा रगतका लागि आवश्यक परेको जुनसुकै बेला पनि रगत दिनसक्ने रक्तदातालाई सम्पर्कमा राखेका छौँ ।” 

बँेसीशहरको त्रिवेणी टोल, भीमसेनस्थान चोक र शेरा चोकमा छुट्टाछुट्टै शिविर गरी रगत समूह परीक्षण गरिएको थियो । जिल्लामा रगत आवश्यक परेका बेला सम्पर्क गर्न सकिने गरी उनीहरुको नाम ठेगाना र फोन नम्बर राखिएको अस्पतालले जनाएको छ । 

अस्पतालले रेडक्रस लमजुङ, रोट्रयाक्ट क्लब लमजुङ, मस्र्याङ्दी युवा क्लब, त्रिवेणी युवा क्लब, बेँसीशहर युथ सोसाइटीलगायतका समूहसँग सहकार्य गरी कार्यक्रम गरेको हो । 

जिल्लामा प्रभावकारी रक्तसञ्चार केन्द्र नभएको र ताजा रक्तदाता अभाव हुँदै गएपछि विभिन्न निकायसँग समन्वय गरी कार्यक्रम गरिएको अस्पतालले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना