पढ्न करिब 1 मिनेट लाग्छ

बैशाख ३० मकवानपुर | एक सय रुपैंयामा पिज्जा पाईने द पिज्जा कटर रेष्टुरेन्ट हेटौडामा खुल्ने भएको छ ।

प्रशन्न अर्याल र संकल्पराज पाण्डेको लगानीमा हेटौडा ४ स्कुलरोडमा द पिज्जा कटर रेष्टुरेन्टको ओपिनिङ हुने आज हेटौडामा आयोजीत पत्रकार संमेलन गरी जानकारी गराईएको छ । विगत तिन वर्षदेखी काठमाण्डौमा नौं वटा शाखा खोल्दै आएको पिज्जा कटरले हेटौंडामा दशौं शाखा खोलिएको हो ।

प्रदेश न. ३ का अर्थ तथा योजनामन्त्री कैलाश प्रसाद ढुङगेलले रेष्टुरेन्टको आज उद्धघाटन गर्नु हुने शनिबार पत्रकार सम्मेलन मार्फत बताएका थिए । ३ वर्ष अघि पिज्जाको व्यवसाय ५ लाखबाट शुरु गरेकामा अहिले हेटौंडामा ३० लाख लगानी गरेर २ सय जना अटाउने रेष्टुरेन्ट खोलेको रिजालले बताए ।

अन्य होटलहरुमा सस्तो एक सयको पिज्जा बेच्ने बताए । वस्तिपुरमा पिज्जालाई चाहिने चिजको आफैले उत्पादन गर्ने गरेको रिजालले बताए ।