२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

आन्दोलन रोक्न शेयर निष्कासनको नाटक रच्दै शिवम् सिमेन्ट

२०७५, ३० बैशाख आईतवार १२:००

वैशाख ३० मकवानपुर | बेला बेलमा शिवम सिमेन्टको ज्याजदी  विरुद्ध हने आन्दोलन रोक्न शिवम् सिमेन्ट उद्योगले नयाँ जुक्ती रचेको छ। 

स्थानीयको पनि लगानी र जिम्मेवारी देखाएर सहज कमाउन सकिने देखिएपछि शिवम् सिमेन्टले शेयर निष्कासनको नाटक रचेको छ।  

हेटौडामा ओपिसी सिमेन्ट उत्पादनकर्ता कम्पनी शिवम् सिमेन्टले साधारण शेयर निष्कासन प्रक्रिया अगाडि बढाएको छ। 

प्रिमियम मूल्य राखेर सर्वसाधारणमा शेयर निष्कासन गर्न लागेको कम्पनीका शेयर सदस्य तथा लक्की ग्रुपका अध्यक्ष सतिश मोरले जानकारी दिएका छन् । यसका लागि आवश्यक सबै प्रक्रिया अघि बढाएको उनको दाबी छ ।

शेयर निष्काशनको प्रस्ताव हाल नेपाल धितोपत्र बोर्डमा विचाराधीन अवस्थामा छ । फेस भ्यालुमा कति रूपैयाँ प्रिमियममा थपेर शेयर निष्कासन गर्ने भन्ने कुराको अन्तिम टुङ्गो लागिनसकेको सतशले बताए । कम्पनीको वित्तीय विवरण अनुसार सर्वसाधारण र कम्पनी दुवैलाई फाइदा हुने गरी प्रिमियम मूल्य कायम गरिने उनको दावी छ  । यद्यपि यसमा बोर्डको सहमति भने आवश्यक हुनेछ ।

सतिशले शेयर निष्कासन प्रक्रियाअन्तर्गत बोर्डद्वारा प्रारम्भिक टिप्पणी आइसकेको बताएका छन् । उक्त टिप्पणीमा कम्पनीलाई तेस्रो त्रैमासको वित्तीय विवरण पेस गर्न निर्देशन दिइएको छ । पहिलो टिप्पणीअन्तर्गत कम्पनीले बुझाएको कागजातबाटै बोर्डले अन्तिम स्वीकृति दिए शेयर निष्कासन प्रक्रिया तत्कालै अघि बढ्ने उनको भनाइ छ।सात वर्षअघि चार अर्ब लगानीमा स्थापना भएको शिवमले हाल दैनिक १९ सय टन क्लिंकर उत्पादन क्षमता कायम राखेको छ । 

हेटौंडाको हटियामा सञ्चालित यस उद्योगको शेयर निष्कासन पछि प्राप्त हुने पूँजीले कम्पनीको क्षमतामा वृद्धि हुने अपेक्षा गरिएको छ ।कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि कुन चुक्ता पुँजीको २ प्रतिशतले हुन आउने आठ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता र आम सर्वसाधारणलाई १० प्रतिशतले हुन आउने ४४ करोड रुपैयाँ बराबरको ४४ लाख कित्ता शेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो।

शेयर निष्काशनको प्रस्ताव कम्पनीले गत पुस २५ गते १३औँ साधारणसभाबाट पारित गरिसकेको छ ।  सोही प्रस्तावअनुसार गत चैत ६ गते शेयर निष्काशनका लागि बोर्डमा आवेदन दिएको थियो। प्रभावित क्षेत्रका बासिन्दाका लागि भन्दै शेयरको लोभ देखाएर विरोध र आन्दोलन मत्थर बनाएर पीडितलाई थप पिडा दिने रणनितीमा शिवम् लागेको देखिएको छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस