२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलाली खुला दिसामुक्त जिल्ला घोषित

२०७५, ३० बैशाख आईतवार १३:४१

वैशाख ३०, धनगढी | प्रदेश नं ७ को अस्थायी राजधानी कैलालीलाई आज खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । 

कैलाली प्रदेश नं ७ मा खुल्ला दिसामुक्त घोषणा हुने जिल्ला अन्तिम र देशको ५१औँ जिल्ला हो । ‘कैलाली जिल्लाको सामाजिक विकासको आधार, खुला दिसामुक्त क्षेत्र र स्वस्थ्यकर बानी व्यवहार’ भन्ने मूल नाराका साथ स्न २०१६ सम्ममा जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य विसं २०६९ मा लिइएको भए पनि विभिन्न चुनौतीका कारण तोकिएको समय भन्दा ढिलो गरी खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । 

सरकारले तयार पारेको राष्ट्रिय सरसफाइ गुरुयोजनाको मर्मअनुसार सञ्चालन गरिएका यससम्बन्धी रणनीतिक र समन्वयात्मक सरसफाइ तथा स्वच्छता प्रवद्र्धनका गतिविधिको फलस्वरुप कैलालीलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्न सम्भव भएको हो । उसो त कैलालीको साविक पवेरा गाविसको छोड्कीपलिया गाउँ विसं २०६३ मा नै खुला दिसामुक्त गाउँ घोषणा भई प्रदेशकै पहिलो खुला दिसामुक्त गाउँ बनेको थियो । 

कैलालीमा २०६९ सालसम्ममा ४८.६६ प्रतिशत घरधुरी मात्र सरसफाइको पहँुचमा रहेकामा सरफाइ र स्वच्छतासम्बन्धी गतिविधि सञ्चालन भएसँगै हाल शतप्रतिशतले शौचालय प्रयोग गरिरहेको र ९७ प्रतिशत जनसंख्या आधारभूतस्तरको खानेपानीको पहुँच पुगेको जानकारी आज यहाँ आयोजित खुला दिसामुक्त घोषणा समारोहमा जिल्ला खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख एवं जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्यसचिव नारायणप्रसाद काफ्लेले जानकारी दिनुभयो । 

समारोहमा जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषित गर्दै प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले सरसफाइ अभियानलाई निरन्तरता दिन आवश्यक पहल गर्ने बताउनुभयो । मुख्यमन्त्री भट्टले भन्नुभयो, “घोषणा गरेर मात्र हुँदैन, सरसफाइ अभियानलाई निरन्तरता दिनु जरुरी छ ।” 

जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले घोषणा समारोहमा सहभागीलाई सातबुँदे प्रतिबद्धता गराउनुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस