२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

दलितलाई मठ–मन्दिर सहित व्राम्हणको घर भित्राउँदै गुल्मी कांग्रेस

२०७५, १ जेष्ठ मंगलवार ०७:५०

प्रेम सुनार/जेठ १, गुल्मी ।  नेपाली कांग्रेस गुल्मीले नयाँ वर्ष २०७५ को वैशाख १ गतेबाट सुरु गरेको गाउँ जाउँ गाउँ मै रमाऔं ५० दिने महाअभियानको पहिलो चरणको तिन हप्ते कार्यक्रम सम्पन्न भएको छ । सम्पन्न पहिलो चरणको अभियानले सकरात्मक सन्देश दिन सफल भएको कांग्रेसको समिक्षा बैठकले निश्कर्ष निकाले पनि विपक्षीहरुको टिका–टिप्पणी उसका लागि चुनौतीको विषय बन्दै आएको छ ।


जिल्लाका ९३ वटै वडामा पुगेका जिल्ला प्रतिनिधी दलितहरुको घरमा बस्ने खाने र त्यही क्रममा कांग्रेसले व्राम्हण क्षेत्री र जनजाती समुदायका प्रतिनिधीहरुलाई दलितको घरमा बस्ने खाने र त्यहीबाट अभियान सञ्चालन गराएको थियो । त्यस कार्यलाई  विपक्षी राजनैतिक दलका नेता कार्यकर्ताले दलितको घरमा प्रवेश गर्ने गराउने कांग्रेसजन व्राम्हणले आफ्नो घरमा पनि दलितलाई त्यसरी नै प्रवेश गराएर देखाउ भनेर चुनौती दिदै आएका थिए ।

त्यस चुनौतीको सामना गर्न  कांग्रेसले दोश्रो चरणको अभियानमा ९३ वटै वडामा व्राम्हण, क्षेत्री  र जनजाती समुदायको घरमा दलित समुदायलाई प्रवेश गराउने निर्णय गरेको हो । ७ हप्ते अभियानको तिन हप्ते अभियान सकेर पुर्वनिर्धारित कार्यक्रम अनुसार चौथो हप्ता जिल्ला कार्य समितिले आयोजना गरेको  समिक्षा बैठकले यस्तो निर्णय गरेको मंगलवार विहान पत्रकार सम्मेलनमा पार्टी सचिव खिलध्वज पन्थीले जानकारी दिए ।

सचिव पन्थीले भने –‘ हामीले पहिलो चरणमा दलित र गरिवीको नजिक पुगेर उहाँहरुसंग हेलमेल गरेर अध्ययन गर्यौं ,  सामाजिक कुरिती र विभेदको कसरी अन्त्य गर्न सकिन्छ ? भनेर  बैठकमा समिक्षा पनि गर्यौं , हामी व्यहारतः पहिलो चरणमा दलितको घरमा व्राम्हण क्षेत्री , जनजाती वस्यौं खाऔं अवको अभियानमा  तिनै व्राम्हण क्षेत्री लगायतको समुदायको घरमा दलितलाई प्रवेश गराउँदैछौं । ’

उनले थपे–‘ त्यति मात्र होईन , अझै पनि समाजका सार्वाजानिक मठ–मन्दिरमा दलितहरुलाई प्रवेश गराईएको छैन् , अव हामी ति मठ–मन्दिर भित्र दलितहरुलाई प्रवेश गराई सवै जातजातीले सामुहिक रुपमा पुजा–पाठ समेत गराउँदै छौं । ’ पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले यस कार्यलाई सघाउ नपुराउने अर्थात दलितहरुलाई विभेद कै नजरले हेर्ने कार्यर्ताको पार्टी सदस्यता नै खारेज गरिने र त्यस्ता मानसिकता भएका नागरिकलाई पार्टी सदस्यता नै नदिने चेतावानी दिएका छन् ।

हामी राजनीतिक फाईदाका लागि  होईन, सामाजिक सुधारको अभियान लिएर अगाडी बढेका हौ सभापति श्रेष्ठले भने यो चुनौतीपुर्ण पक्कै हो तर पनि समाज सुधारका लागि कसै न कसैले चुनौती मोल्नै पर्छ , जसलाई हामी अवसरका रुपमा लिएका छौं ।

सभापित श्रेष्ठले गाउँ टोलको नाम समेत दलित समुदायको उपहास गर्ने गरी नामकरण गरिएको आफुहरुले पाएको बताए । उनले थपे–‘ कतै कामी टोल , कतै दमै र सार्की टोल त कतै धोवी र  कुमाल जस्ता नामकरण गरेर उपहास गरिएको छ अव हामी ति  गाउँ टोलको नाम समेत फेर्ने अभियानमा छौ । ’

मदिरा नियन्त्रणमा महिला अभियान

त्यस्तै महाअभियानको दोश्रो चरको पाँचौ हप्ता देखि कांग्रेसले महिला संघका कार्यकर्ताहरु मार्फत सामाजिक विकृति विसंगति विरुद्ध अभियान छेड्ने भएको छ । पार्टी सचिव विष्णुकुमारी सापकोटाको नेतृत्वमा यस्तो अभियान छेड्न लागिएको हो ।

अभियानका विभिन्न कार्यक्रमहरु सार्वजानिक गर्दै नेतृ सापकोटाले भनिन–‘ महिला हिंसाको मुख्य कारक व्याप्त मदिरा सेवन पाईयो, जसलाई हामी नियन्त्रण गर्न जिल्लाभर अभियान छेड्दै छौं । ’

उनले गाउँपलिका स्तरमा जनचेतनामुलक र्याली निकाल्ने लगायतका विभिन्न कार्यक्रम रहेको बताईन् । उनले सञ्चार माध्यमले व्यापारिक विज्ञापन विज्ञापन दिदा दाईजो प्रथालाई प्रशय दिदै आएकोले त्यसलाई  रोक्न आग्रह गरिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस