Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

चितवनमा बसको ठक्करबाट एकको मृत्यु

By kit

जेठ २ चितवन | चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलढापमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ३१३८ नम्बरको बसको ठक्करबाट स्थानीय पैदलयात्री ७० वर्षीया धनमाया गुरुङको मृत्यु भएको हो ।

मंगलबार भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी गुरुङको उपचारका क्रममा चितवन मेडिकल कलेजमा साँझ नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

इच्छाकामना–७, सिमलढापमा उक्त बसले यात्रु झारेर अगाडि बढ्न लाग्दा पैदल हिँडिरहेकी उनलाई ठक्कर दिएको थियो । ठक्कर दिने बस र चालक नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ । उनको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ ।रासस