2026-08-26 01:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

अनाधिकृत घर टहरा हटाउन नगरपालिकाको निर्देशन

चिसाङ सेर्पा जेठ २, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अनाधिकृत घर टहरा भत्काउन निर्देशन गरेको छ ।

नगरपालिका भित्रका सार्वजनिक जग्गा मिचेर व्यापार, व्यवसाय गर्दै आएका आम सर्वसाधरणलाई मंगलबार सुचना निकालेर १५ दिनमा स्वस्फुर्त घर, टहरा हटाउन निर्देशन गरेको हो ।

नगरपालिका भित्रका विभिन्न स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी घर, टहरा निर्माण कार्य तीव्ररुपमा भएको भन्दै त्यसलाई न्यूनिकरण गर्नका लागि नगरपालिकाले नगर क्षेत्रभित्र अतिक्रमण गरेर निर्माण गरिएका अनाधिकृत घर तथा टहरा जेठ १५ सम्म हटाउन सुचना मार्फत निर्देशन गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले जानकारी दिनुभयो ।

हामीले मापदण्ड मिचेर निर्माण गरेका घर तथा टहराहरु हटाउन भनेका छौ । १५ दिने सुचनासँगै हामी लागत पनि संकलन सक्छौ । मेयर रिजालले भन्नुभयो, “तोकेको समयमा भत्काउनु भएमा आफ्नो सामान आफैले लैजान पाउनु हुन्छ । अन्यथा डोजर लगाए भत्काउछौ सामग्रीहरु डोजर कम्पनीले लानेछ ।”

नगरलाई सुन्दर बनाउँदै सार्वजनिक सम्पतिको रक्षाका निम्ति नगरपालिका भित्रका घर तथा टहरा हटाउँने कार्यमा जस्तोसुकै चुनौतीको पनि फेस गर्न तयार रहेको मेयर रिजालको भनाई छ । सवैभन्दा बढी दिक्तेल बजारमा अनाधिकृत रुपमा घर टहरा रहेको छ ।

यसअघि धार्मिक तथा पर्यटकिय क्षेत्र हलेसी आसपासमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाईएका टहराहरु डोजर लगाएर हटाईएको थियो । हलेसीको पर्यटन प्रवद्र्धनमा अतिक्रमित घर तथा टहरा बाधकका रुपमा देखिएपछि २५ भन्दा बढी टहरा हलेसी तुवाचुङ नगरपालिकाले हटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग