बैशाख ३, मकवानपुर | मकवानपुरको राक्सीराङ गाउँपालिका वडानंम्बर ४ मा प्रहरीले सुराकीका आधारमा एक सय ६६ केजी गाँजा सहित दुईजनालाई पक्राउ गरेको छ ।

स्थानिय सुदिप कोईराला र रामकृष्ण ब्लोन र उनिहरुको घरमा राखिएको गाँजा समेत प्रहरीले बरामद गरेको हो ।

आज प्रहरीले पत्रकार समेलन गर्दै आठवटा बोरामा राखिएको गाँजा र पक्राउ परेका दुईजनालाई सार्बजनिक गरेको छ ।

बिशेष सुराकीका आधारमा कोईरालाको घरमा ६ वटा बोरामा एक सय ५० केजी र ब्लोनको घरमा २ बोरामा १६ केजी गाजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्टले बताउनुभयो ।

गाँजा बरामद गर्ने क्रममा एक राउन्ड हवाई फायर समेत गर्नुपरेको प्रहरी प्रबक्ता मधु थापाले बताउनुभयो । उनिहरुको साथमा रहेको तीन थान मोवाईल समेत प्रहरीले बरामद गरेको छ ।