१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ढुंगामुढा र हडताल गर्नु असल प्रतिपक्षको गुण होइन : प्रवक्ता शर्मा

४ जेष्ठ २०७५, शुक्रबार ०५:४४

जेठ ४ , नेपालगन्ज । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षले आन्दोलन, हडताल गर्छ भन्ने आममान्यतामा कांग्रेस नरहेको बताउनुभएको छ । 

नेपाल प्रेस युनियन, बाँकेले आज बिहान यहाँ अयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता शर्माले भन्नुभयो, “रचनात्मक तथा सिर्जनात्मक भूमिका प्रतिपक्ष दलले खेल्नुपर्छ, ढुंगामुढा गर्ने, हडताल गर्ने यो असल प्रतिपक्षको गुण होइन, नेपाली कांग्रेस असल प्रतिपक्ष हो ।” 

वर्तमान सरकारको सय दिन पुगेपछि कामको समीक्षा नेपाली कांग्रेसले गर्ने बताउँदै उहाँले कमजोर र गलत पक्षमा खबरदारी तथा सही कामको समर्थनमा आप्mनो दलले एक इन्च पनि कन्ज्युस्याँई गर्दैन भन्नुभयो । 

उहाँले दुई ठूला कम्युनिष्ट पार्टीको एकताले लोकतन्त्रलाई अझ बलियो बनाउने भएकाले आप्mनो दलले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एक हुनुलाई त्यही कडीका रुपमा लिएको छ भन्नुभयो । 

प्रवक्ता शर्माको थप भनाइ थियो, “एकपटक निर्वाचन हार्दैमा नेपाली कांग्रेस कमजोर भयो भनेर विश्लेषण गर्नु गलत हो, अब हारको समीक्षा गरेर संगठन निर्माणमा कांग्रेस परिचालन हुन्छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का