2026-09-01 09:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

बर्डफ्लु संकटग्रस्त क्षेत्र चितवनमा जनस्वास्थ्यको टोली

जेठ ६, चितवन । कुखुरामा बर्डफ्लु प्रमाणित भएपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएको क्षेत्रमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले मानव स्वास्थ्यका बारेमा अनुगमन थालेको छ ।

पूर्वी चितवनको खैरहनी नगरपालिका– ९ सुर्तनीमा महाशाखाका डा हेमन्त ओझाको नेतृत्वमा आएको पाँच जनाको प्राविधिक टोलीले त्यहाँका बासिन्दाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन शुरु गरेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजयकुमार झाका अनुसार शनिबार जिल्ला आइपुगेको टोलीले आइतबार बिहानदेखि रगतको नमूनासमेत लिन शुरु गरेको छ । मानिसमा हालसम्म बर्डफ्लुको संक्रमण देखिएको छैन भन्दै उनले सर्नसक्ने भएकाले उच्च सतर्कताका लागि आग्रह गरिएको बताए ।

बर्डफ्लु हुँदा देखिने भाइरस मानिसमा पनि सर्नसक्ने हुन्छ । प्राविधिक टोलीले पक्षी र पक्षीजन्य पदार्थ नष्ट के कसरी भएको छ भन्ने जानकारी पनि लिएको झाले बताए ।

यसैबीच बर्डफ्लु प्रभावित क्षेत्रमा कुखुरा मार्न रोकेका व्यवसायी कुखुरा मार्न राजी भएपछि काम शुरु भएको छ । शनिबार बिहान त्यहाँका दुई खोरमा कुखुरा मार्दामार्दै उनीहरुले कुखुरा मार्न छुट्याइएको चार किल्ला व्यावहारिक छैन भन्दै कुखुरा मार्न रोकेका थिए ।

प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले किसान, व्यवसायी र सरकारी प्राविधिक टोलीबीच छलफलपछि कुखुरा पुनः मार्न र कुखुराजन्य पदार्थ नष्ट गर्न थालिएको बताए । सो क्षेत्रमा रहेका कुखुरा र कुखुराजन्य पदार्थ नष्ट गर्ने काम अन्तिम चरणमा पुगेको उनले बताए ।

जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा चेतनारायण खरेलका अनुसार केन्द्रबाट आएको प्राविधिक टोलीले बर्डफ्लु प्रमाणित भएका खोरबाट उत्तरमा राजमार्ग, दक्षिणमा पुरानो राजमार्ग, पूर्वमा सुर्तनीको कच्ची बाटो र पश्चिममा पर्सा बजारसम्मको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

सुर्तनीका किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु प्रमाणित भएको छ । नेपालको सीमा क्षेत्र भारतमा यस वर्ष पनि बर्डफ्लु देखा परेपछि नेपालमा उच्च सतर्कता अपनाइएको भए पनि बर्डफ्लु देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली