Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

भारतसँगको सिमानाका १६ सीमा स्तम्भ गायब, पिल्लर गाडिएको स्थानसमेत फेला परेन

२०७५, ७ जेष्ठ सोमबार ०९:२२

जेठ ७ पाँचथर | नेपाल भारतसँगको सिमाना जोडिएको पाँचथरको सीमावर्ती क्षेत्रमा १०३ साना पिल्लरमध्ये १६ वटा गायब भएको पाइएको छ। 

सीमामा १०३ साना पिल्लरमध्ये ८७ वटा मात्र भेटिए। चार वटा पिल्लर गाडिएको स्थानसमेत फेला परेन। बाह्रवटा पिल्लर राखिएको ठाउँ फेला परे पनि सीमा स्तम्भ भने नभेटिएको र भेटिएका ८७ पिल्लर मर्मत गर्नुपर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताउनुभयो । उहाँका अनुसार त्यस ठाउँमा नेपाल प्रहरीको टोलीले स्थलगत अवलोकन गर्दा पिल्लरको अवस्था यस्तो रहेको जनाएको हो । 

जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने नौ जंगे पिल्लर भने भेटिएका छन्। तीमध्ये दुई पिल्लर जीर्ण छन् एउटा जंगे पिल्लर पहिरोका कारण जोखिममा परेको पाइएको अवलोकन र अवलोकन गरी फर्किनुभएका प्रहरी हबलदार काजीमान लिम्बूले बताउनुभयो । उहाँका अनुसार जिल्लाको सीमावर्ती क्षेत्रमा एउटा मात्र मझौला पिल्लर छ, त्यो पनि मर्मत गर्नुपर्ने देखिएको छ। पाँचथरमा पर्ने सीमा स्तम्भको जिल्ला प्रहरी कार्यालयका प्रहरी हबल्दार काजीमान लिम्बू र प्रहरी जवान चन्द्र चौहानले अवलोकन गर्नुभएको थियो । 

अवलोकनका क्रममा पिल्लर नं ३५÷१, ३७, ३८, ४३ र ४३÷३ गरी जम्मा पाँच वटा पिल्लरको अवस्था अज्ञात रहेको, पिल्लर नं. ३९ र ४० फेला नपरेको तर पिल्लर रहेको स्थान (खाल्डो) देखिने, पिल्लर नं ३६ र ४३÷१ भाँच्चिएको अवस्थामा गाडिएको फेला परेको प्रहरी हबलदार लिम्बूले बताउनुभयो । पिल्लर ४१ र ४२÷१को नम्बर नबुझिने गरी सिमेन्ट उक्किएर मर्मत गर्नुपर्ने अवस्थामा रहेको, पिल्लर नं ४१÷१, ४३÷२, ४४÷१, ४४÷२ सामान्य अवस्थामा रहेको पाइएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । 

पिल्लर नं ४४ सामान्य रहेको तर उक्त पिल्लरको नं ४४ हुनुपर्नेमा ४२÷२ उल्लेख भएको, ४२÷२ नं. को पिल्लर अभिलेखमा नरहेको उक्त पिल्लर ४३÷३ र ४४र१ को बीचमा रहेकोले ४४ नं. को पिल्लर सोही हुनुपर्ने देखिएको छ । बाँकी पिल्लर नं ३५, ३६÷१, ४१÷२, ४१÷३, ४२, ४४÷३, ४५, ४५÷१, ४५÷२ राम्रो अवस्थामा रहेको पाइएको छ । निर्माण भएको धेरै लामो समय हुनु, समय समयमा मर्मत तथा सम्भार नहुनु, बिकट स्थानहरुमा रहेका पिल्लहर राम्रो अवस्थामा फेला पर्नु तर गोरेटो बाटो रहेको स्थान र मानिस सजिलै पुग्ने स्थानमा रहेका सीमा स्तम्भहरु जीर्ण हुनु तथा हराउनुमा स्थानीय गोठाला एवं तिम्बु पोखरी जाने पर्यटकहरुले हल्लाउने तथा भत्काउने गरेकाले पिल्लरहरु हराएको वा जीर्ण अवस्थामा पुगेको हुन सक्ने प्रहरीको भनाइ छ । 

प्रहरीको टोलीले सीमा स्तम्भको अवस्था, सीमा क्षेत्रको अवस्थामबारे पनि अवलोकन गरेको थियो  । अवलोकनले तत्काल सीमा स्तम्भ मर्मत र संरक्षण गर्नुपर्ने देखाएको छ। तीन प्रकारका पिल्लरमध्ये जंगे र मझौलाभन्दा साना पिल्लरको संरक्षण तत्काल थाल्नुपर्ने अवस्था छ ।् प्रहरी टोलीले दुई चरणमा सीमा सर्वेक्षण गरेको थियो।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ