२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

नारायणगढ-मुग्लिन सडकखण्डको काममा ढिलाई भएपछी गृहमन्त्रीले छानबिन गर्न निर्देशन दिए

२०७५, ८ जेष्ठ मंगलवार ०५:५२

जेठ ८ चितवन | गृहमन्त्री रामबहादुर थापाले नारायणगढ—मुग्लिन सडकखण्डको काम समयमा नसकेकोमा छानबिन गर्न निर्देशन दिइएको बताउनुभएको छ । 

सुर्खेतमा हुन लागेको कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा जाँदैगर्दा आज बिहान मौसम खराबीका कारण चितवनमा हेलिकोप्टर अवतरण गरी जिल्लास्थित सुरक्षा निकायसँग जिल्लाको अवस्थाको बारेमा जानकारी लिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । 

गृहमन्त्री थापाले सो सडकको अब समय थप गर्ने वा जरिवाना लगाएर काम गर्ने भन्ने विषयमा छानबिनपछि मात्र भन्न सकिने बताउनुभयो । सो सडकको चौथो पटक समय थप गरी सकिएको छ । पछिल्लो समय पनि जेठ १६ गते सकिँदैछ । हालसम्म ८८ दशमलव १४ प्रतिशत मात्र काम सकिएको छ ।

यो सडक राजधानी जोड्ने लाइफलाइन हो । जिल्लाको शान्ति सुरक्षा मजबुत राख्न निर्देशन दिनुभएका मन्त्री थापाले हावाहुरी र असिना पानीबाट क्षति भएको केरा, मकै र बर्डफ्लुबाट भएको प्रभावका बारेमा जानकारी लिनुभएको थियो । उहाँले विप्लव समूहले आफ्नो गतिविधि देखाइरहेको भन्दै रोक्नका लागि के कस्ता काम भइरहेको छ भन्ने विषयमा जानकारी लिनुभएको थियो । 

गृहमन्त्री थापाले यातायात सिण्डिकेट रोकिएपछिको प्रभाव र समयमा काम नगर्ने ठेकेदारको अवस्थाका बारेमा पनि जिल्लास्थित सुरक्षा निकायसँग जानकारी लिनुभएको थियो । 

सो क्रममा चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत र प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जिल्लामा हावाहुरी र असिनाबाट भएको क्षति, बर्डफ्लुबाट परेको प्रभाव, विप्लव निकट नेकपाको गतिविधि, आपराधिक गतिविधि, सडक सुरक्षालगायतका विषयमा जानकारी गराउनुभएको थियो । 

सो अवसरमा गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी, गृहप्रवक्ता रामकृष्ण सुवेदीलगायतको उपस्थिति रहेको थियो । झण्डै दुईघण्टा चितवनमा बसेपछि मौसम अनुकूल बनेसँगै गृहमन्त्री थापासहितको टोली सुर्खेत प्रस्थान गरेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण