पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपाल"/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्लाही मलंगवाको युनिक होटल एण्ड लजमा यौनधन्दा, होटल संचालिका पक्राउ

२०७५, ९ जेष्ठ बुधबार ०८:५६

जेठ ९ सर्लाही। सर्लाहीको सदरमुकाम मलंगवाको एक होटलबाट प्रहरीले वेश्याबृतीमा संलग्न एक महिलालाई पक्राउ गरेको छ । 


पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका वडा न-२ घरभई हाल मलंगवा नगरपालिका वडा न-९ कोल्ड स्टोरदेखि दुरसंचारको कार्यालय बाइपास रोडमा रहेको युनिक होटल एण्ड लजकी संचालिका ३५ वर्षिया अमृतामाया वाइबा रहेकी छिन् ।

गत जेठ ४ गते होटलबाट पक्राउ परेका केही महिलाहरु सँग सोधपुछ गर्दा युनिक होटलकी संचालिका अमृतामायाले विभिन्न प्रलोभन देखाए यौनजन्य कार्यमा लगाउने गरेको बताएका थिए ।

उनीहरूले नै दिएको बयानको आधारमा अनुसन्धान गर्दै जाँदा होटल संचालिका वाइबाले काठमाडौ , काभ्रे ,सुर्खेत , झापा लगायतका जिल्लाहरुबाट युवतीहरु ल्याइ वेश्याबृतीमा लगाउने गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी प्रवक्ता एवं डिएसपी राजेश थापाले जानकारी दिनुभयो ।

सर्लाही प्रहरीले यस अघि पनि युनिक होटल एण्ड लजमा यौनजन्य क्रियाकलापहरु हुने गरेको जानकारी दिए अनुसार स्थानीय बासिन्दाहरुबाट अमृतामायालाई पटकपटक यस किसिमको कार्य नगर्न भनेर सम्झाएर छाडेका थिए ।

तर जति सम्झाउँदा पनि यस्तो कार्य बन्द नगरेपछि पुनः पक्राउ गरि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत सर्लाहीबाट ५ दिनको म्याद थप गराइ उनी उपर कार्यवाही अगाडी बढाइएको डिएसपी थापाले विष्फोटलाई बताउनुभयो ।

सदरमुकाम मलंगवामा संचालित कतिपय होटल तथा लजहरुमा लुकिछिपी अवैध यौनधन्दा हुने गरेको स्थानीयबासिन्दा हरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी