२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा कर नबुझाउने करदाता कारवाहीमा

२०७५, १० जेष्ठ बिहीबार ०८:५५

जेठ १० लहान | आन्तरिक राजश्व कार्यालय लहानले आर्थिक वर्ष २०७४÷७५ मा १२ करदातालाई कारवाही गरेको छ । 

दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका छजना करदातामाथि कानूनी कारवाहीस्वरुप जग्गा रोक्का गरिएको आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख गोविन्दप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

यस्तै कर नतिर्ने अन्य छजना करदातामाथि कारवाही गरी रु ३८ लाख ८८ हजार जरिवाना स्वरुप राजश्व संकलन गरिएको छ । आन्तरिक राजश्व कार्यालयले चालू आवको १० महिनाको अवधिमा लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । 

सगरमाथा अञ्चलको छवटै जिल्लामा कार्यक्षेत्र भएको आन्तरिक राजश्वले चालू आवमा रु एक अर्ब ३३ करोड ६३ लाख ६७ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकामा आव सकिन डेढ महिनामात्र बाँकी रहँदा रु एक अर्ब ४३ करोड ६० लाख ६१ हजार राजश्व संकलन भएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । 

चालू आवमा अन्तःशुल्कतर्फ रु ३८ करोड ५८ लाख ६७ हजार राजश्व संकलन गर्ने लक्ष्य रहेकामा हालसम्म रु ४४ करोड २६ लाख ३० संकलन भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत